२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध प्रादेशिक सम्मेलन

५ जेष्ठ २०७६, आईतवार १५:३१

जेठ ५, सुर्खेत | जातीय भेदभाव र हिंसा अन्त्यका लागि आर्थिक सवलीकरण जरुरी भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र दलित गैरसरकारी संस्था महासंघको आयोजनामा कर्णाली प्रदेशस्तरीय जातीय भेदभाव तथा छुवाछूत विरुद्धको प्रादेशिक सम्मेलन उद्घाटन समारोहका सहभागीहरुले जातीय भेदभाव र हिंसा न्युनिकरणका लागि आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिएका छन् ।

सम्मेलन उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक समृद्धिले हिंसा र भेदभावका घटनामा कम गर्न सकिने बताए । कर्णालीमा बर्सेनी जातीय विभेदका घटनाहरु भई रहेको भन्दै यसको कारण आर्थिक विपन्नता भएको उनको तर्क छ । ‘कर्णालीमा अहिले पनि कहिँ न कहिँ जातीय विभेद कायमै छ’ उनले भने, ‘यो सबैको कारक आर्थिक विपन्नता नै हो ।’

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली सरकारले सबै खाले विभिद्को अन्त्य गर्न अभियान थालिने बताईन् । त्यसका लागि प्रदेश सरकारले गृहकार्य सुरु गरेको उनले जानकारी दिईन् । स्थानीय तहबाटै विभेद र छुवाछुत गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठकले दलितका विषय र एजेण्डालाई लिएर तीन वटै सरकार लचिलो बन्नुपर्ने बताए । उनले दलितका एजेण्डाहरुमा स्थानीय तह, प्रदेश र संघीय सरकारले झगडा नगरी लचक बनेर सम्बोधन गर्नुपर्ने उल्लेख गरे । उनले कानुन कार्यान्वयन हुन नसक्नु नै अहिलेको ठूलो चुनौती भएको हुँदा भन्दै कानुन भएको अनुभूति सवैलाई हुनुपर्ने बताए । 

दलित गैसस महासंघका भक्त विश्वकर्माले मानवअधिकार आयोगले दलितका मुद्दालाई उठाएको हुँदा यस कार्यमा सवैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा पूर्वमन्त्री खड्गबहादुर बस्याल, प्रदेशसभा सदस्यहरु सीता नेपाली, राजु नेपाली, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेल, प्रहरी प्रमुख बसन्त रजौरे, पत्रकार महासंघका उपाध्यक्ष ललित बसेल, नेकपाका मोहन बडुवाल, दानसिंह सुनार, कांग्रेस कोषाध्यक्ष अनन्त पौडेल, राष्ट्रिय जनमोर्चाका लालबहादुर नेपालीलगायतले सीप र परिश्रमका धनी दलितलाई जातका आधारमा विभेद गर्दा उनीहरुको सीप खेर भएको बताएका थिए ।


सोमवारसम्म हुने प्रादेशिक सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका स्थानीय तहका पदाधिकारी, अधिकारकर्मी, दलित अगुवालगायतको उपस्थिति छ । सम्मेलनपछि कर्णाली घोषणापत्र सार्वजनिक गर्ने दलित गैरसरकारी संस्था महासंघका उपमहासचिव सन्जुसिंह विश्वकर्माले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो