२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

मुर्ति हराउने डर: ४३ वर्षदेखि प्रत्यक दिन डोकामा बोकेर ल्याउने लाने गरिन्छ

५ जेष्ठ २०७६, आईतवार १७:०५

जेठ ५, पाल्पा | पाल्पाको एक मन्दिरमा मुर्ति हराउने डरले  डोकामा बोकेर घर लैजाने र बिहान मन्दिरमा ल्याउने गरिन्छ ।  रम्भा गाउँपालिका वडा नम्बर ८ ताँहुमा रहेको रम्भादेवी मन्दिरको मूर्ति प्रत्येक दिन  घरमा लगिन्छ । विसं २०३२ मा सुनको जलप लगाइएको रम्भादेवीको मूर्ति मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीले मूर्ति बेलुका डोकामा बोकेर घरमा लैजाने र बिहान पुनः मन्दिरमा ल्याउँछन् ।  

त्रिचालीस वर्षदेखि बेलुका पूजापाठ सकी मूर्ति बोकेर घरमा लगेर भोलिपल्ट बिहान बोकेर मन्दिर ल्याने पुजारी टीकाराम बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“मन्दिरमा आउने दर्शनार्थी सकिएपछि साँझको पूजाआराधना सकेर मूर्ति तथा शिला डोकोमा बोकेर घरमा लैजाने गरेका छौँ ।”

मन्दिरका अर्का पुजारी प्रेमनारायण पाण्डेले जङ्गलमा मन्दिर भएकाले राति सुरक्षाका लागि चौकीदार बस्न पनि कोही नमान्ने भएकोले मूर्ति बोकेर घरमा जाने र बिहान ल्याउने उपाय नै उत्तम लागेको बताउनुभयो । मन्दिरमा एक पुजारी मूर्ति बोकेर पुग्छन् भने अर्काले गाउँमा घरघरै अक्षता उठाउँदै जाने गर्छन् । नेपाल पर्यटन बोर्डले एक सय पर्यटकीय  गन्तव्यस्थलका रुपमा सूचीकृत गरेको रम्भापानीको नामले परिचित रम्भादेवी मन्दिर पाल्पाको धार्मिकस्थलमध्ये महत्वपूर्ण मानिन्छ ।

राम र सीताले त्रेता युगमा १२ वर्षे वनवासको क्रममा सो जङ्गलमा आइपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सीता छट्पटाएपछि रामले जमीनमा वाण हानेर पानी निकाली खुवाएको विश्वास छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड