2026-09-13 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

मुर्ति हराउने डर: ४३ वर्षदेखि प्रत्यक दिन डोकामा बोकेर ल्याउने लाने गरिन्छ

जेठ ५, पाल्पा | पाल्पाको एक मन्दिरमा मुर्ति हराउने डरले  डोकामा बोकेर घर लैजाने र बिहान मन्दिरमा ल्याउने गरिन्छ ।  रम्भा गाउँपालिका वडा नम्बर ८ ताँहुमा रहेको रम्भादेवी मन्दिरको मूर्ति प्रत्येक दिन  घरमा लगिन्छ । विसं २०३२ मा सुनको जलप लगाइएको रम्भादेवीको मूर्ति मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीले मूर्ति बेलुका डोकामा बोकेर घरमा लैजाने र बिहान पुनः मन्दिरमा ल्याउँछन् ।  

त्रिचालीस वर्षदेखि बेलुका पूजापाठ सकी मूर्ति बोकेर घरमा लगेर भोलिपल्ट बिहान बोकेर मन्दिर ल्याने पुजारी टीकाराम बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“मन्दिरमा आउने दर्शनार्थी सकिएपछि साँझको पूजाआराधना सकेर मूर्ति तथा शिला डोकोमा बोकेर घरमा लैजाने गरेका छौँ ।”

मन्दिरका अर्का पुजारी प्रेमनारायण पाण्डेले जङ्गलमा मन्दिर भएकाले राति सुरक्षाका लागि चौकीदार बस्न पनि कोही नमान्ने भएकोले मूर्ति बोकेर घरमा जाने र बिहान ल्याउने उपाय नै उत्तम लागेको बताउनुभयो । मन्दिरमा एक पुजारी मूर्ति बोकेर पुग्छन् भने अर्काले गाउँमा घरघरै अक्षता उठाउँदै जाने गर्छन् । नेपाल पर्यटन बोर्डले एक सय पर्यटकीय  गन्तव्यस्थलका रुपमा सूचीकृत गरेको रम्भापानीको नामले परिचित रम्भादेवी मन्दिर पाल्पाको धार्मिकस्थलमध्ये महत्वपूर्ण मानिन्छ ।

राम र सीताले त्रेता युगमा १२ वर्षे वनवासको क्रममा सो जङ्गलमा आइपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सीता छट्पटाएपछि रामले जमीनमा वाण हानेर पानी निकाली खुवाएको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन