२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

घरमा कोही नभएको मौका पारी पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ

२०७६, ६ जेष्ठ सोमबार ०५:५१

 जेठ ६, पर्वत । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् ।

उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो । शुक्रबार चोरी गरेका अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

मेरुदण्ड पक्षघात भएका गिरीलाई प्रवासीद्वारा रु दुई लाख सहयोग

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बनेका ३२ वर्षीय माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु दुई लाख १० हजार आर्थिक सहयोग गरेका हुन् । 

पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँग सङ्कलन गरिएको रकम जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले पीडित गिरीको घरमा नै पुगेर हस्तान्तरण गर्नुभएको हो । उक्त रकम खुर्कोटबाट वैदेशिक रोजगारका लागि अमेरिका पुगेका कुमार केसीको पहलमा सङ्कलन गरिएको थियो । केसीको पहलमा करीब ३० जनाले २५ देखि १२० डलरसम्म सहयोग गरी एक हजार ९०० अमेरिकी डलर सङ्कलन गरी पठाएका थिए ।

गिरीले ज्याला मजदूरी गरी पाँच जनाको परिवार पाल्दै आएका थिए । गिरीको उपचारमा मात्रै रु पाँच लाखभन्दा बढी खर्च भएको स्थानीय समाजसेवी शेषराज रेग्मीले बताउनुभयो ।

उपचारपश्चात् ज्यान बचे पनि उहाँको घाँटीभन्दा तलको कुनै पनि शरीरको भाग स्वचलित छैन ।  चौबीसैँ घण्टा ओछ्यानमा थलिएका गिरीको एक श्रीमती, दुई छोरी र छोरा छन् । दुर्घटनापछि श्रीमती पार्वती चौबीसैँ घण्टा श्रीमान्को सेवामा खटिनुपर्ने अवस्था आएपछि छोराछोरीको पढाइ, उपचारमा लागेको ऋण तिर्ने र बिहान–बेलुकाको छाक जुटाउने चिन्ता भएको श्रीमती पार्वती गिरी बताउनुहुन्छ ।

करीब चार वर्ष विदेशमा बिताएका गिरी ०७२ माघमा घर फर्किनुभएको थियो । कतार, साउदी र ओमनलगायत थुप्रै देशमा गए पनि अपेक्षित पारिश्रमिक नपाएपछि परिवारसँगै बसेर गाउँमै उद्यम गर्ने अभिलाषाका साथ घर फर्किनुभएका गिरी घर फर्किएको दुई महीनामा नै दुर्घटनामा पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने