2026-09-13 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा महिलालाई अगुवा बनाई प्रत्याशी वडा अध्यक्षमाथि सार्वजनिक मुद्दा

जेठ ६, सिरहा । सामान्य विवादमा सार्वजनिक मुद्दा-मामला गरेपछि कल्याणपुर ५ का वडाध्यक्ष दिपेन्द्र यादवले आपत्ती जनाएका छन् । 

विद्यार्थी भर्ना विषयमा कल्याणपुर ६ मा स्थानीय श्रीचन साह (ललियावाला)ले मदिरा सेवन गरी अपशब्द प्रयोग गरेपछि विवाद बढेको हो । अपशब्द प्रयोग गर्ने श्रीचनलाई स्थानीयले प्रहरी बोलाएर नियन्त्रण गर्न खोज्दा उनका श्रीमती काजल साहले बाटो रोक्दा विवाद बढेको हो । 

श्रीचनका श्रीमती साहले आफ्ना श्रीमानलाई नियन्त्रण लिनबाट  रोक्दा लडेर सडकमा खस्दा उनलाई अस्पताल भर्ना गरियो । महिलाको मुद्दा बनाएर श्रीचन पक्षले नक्कली ढँगबाट लामो समयसम्म उपचार गरी स्थानीय कुशेश्वर साहमाथी बनाबटी आरोप लगाएर नक्कली मुद्दा तयार गरिएको छ । 

महिलाको अवस्था समान्य रहेपनि श्रीचन पक्षले कुशेश्वर साहमाथी सार्वजनिक मुद्दा लगाएर गाउँलाई आतंकित बनाएको आज गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उता, मदिरा सेवन गरी होहल्ला गरेका श्रीचनलाई प्रहरीले कारवाही नगरी सँरक्षण गरेको आरोप छ । 

कुशेश्वर साहले ‘माघ ५ गते सिडियोलाई कालो झण्डा देखाएकोले मलाई टार्गेट बनाएर उनीहरुलाई उसकाएर मुद्दा हाल्न लगाएको हो ।’ ‘महिलालाई भिडमा म देखेका पनि थिइन् ।’ ‘कसरी महिलामाथी हातपात गर्न सक्छु ।’ ‘ वडाध्यक्ष अध्यक्ष मोतिबुलको मनमौजी  चल्न  नदिएकोले योजनाबद्ध ममार्थी सार्वजनिक मुद्दा हालिएको हो ।’ 

कल्याणपुर ६ का वडाध्यक्ष मोतीबुल राईन स्वतन्त्रबाट विजय भएका छन् । उनका चार जना सदस्य राजनीतिक दलबाट विजय भएकाले  विगत लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ । 

अध्यक्ष राईनले भने ‘श्रीचनकी श्रीमती काजल आज पनि अस्पतालमा उपचारत छन् ।’ ‘मुद्दाले नै अन्तिम रुप दिने छ ।’ ‘विवाद म पनि चाहदीन् ।’ ‘बजेट सार्वजनिक गरिसकेका छु ।’ ‘फेरी पनि बजेट सार्वजनिक गर्न तयार छु ।’ घटना बैशाख २९ गते राती भएको हो । चिकना स्कूलका प्रअ राजकुमार साहले ‘कुशेश्वर साह निर्दोष हुन ।’ ‘महिलालाई गोटी बनाएर राजनीतिक रुप दिएको हो ।’ ‘यो समान्य विवाद हो ।’ ‘यसलाई गाउँमै मिलाएर लैजानुपर्ने हो ’ बताए । यस घटनामा  महिलालाई गोटी बनाएर राजनीतिक रंग लेपिएको स्थानीयको कथन छ ।

– सिरहाबाट महेश सिंह महतोको सहयोगमा प्राप्त समाचार  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन