२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवजागृतमा मनपरी– आसेपासेलाई सुटुक्क करोडौको ठेक्का

२०७६, ७ जेष्ठ मंगलवार १२:४१



पर्वत । नवजागृत माध्यमिक विद्यालयमा करोडौको ठेक्का आफ्ना आसेपासेलाई दिएको भन्दै त्यसको चर्को विरोध भएको छ । 

नमूना विद्यालय विस्तार कार्यक्रम अन्तरगत नमूना विद्यालयका रुपमा छनोट भएको मोदी ६ तिलाहारको नवजागृत माविमा परेको ल्याबसहितको आठ कोठे भवनसहित चार कोठाको ट्रसको भवन निर्माणको लागि बोलपत्र आह्वान गरिएपनि सुटुक्क आफ्ना आसेपासेलाई ठेक्का दिएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ ।

शिलबन्दी गोप्य दरभाउसहित निवेदन दिन बैशाख ३० गते ५ बजेसम्म  गरिएको र त्यो समयसम्म निर्दोष निर्माण सेवा र अपार निर्माण सेवाको मात्रै निवदेन परेपनि विद्यालयको भवन निर्माण समितिले समिर कन्ट्रक्सनलाई गोप्य रुपमा भवन निर्माणको जिम्मेवारी दिएको खुल्न आएको छ । 

भवन निर्माण समितिले मनपरी र नियम विपरित आफ्ना आसेपासेलाई उक्त ठेक्का दिएको भन्दै निर्दोष निर्माण सेवा र अपार निर्माण सेवाले मोदी गाउँपालिकामा छानविन गर्न माग सहित निवेदन दिएका छन् ।

उनीहरुले आफूहरुमाथि अन्याय हुने गरी शिलबन्दी गोप्य दरभाउसहितको निवेदन नै नदिएको तेस्रो पक्षलाई ठेक्का दिएको र  लाखौको चलखेल गर्ने काम गरेको भन्दै छानविनको माग गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित