<p> <b>जेठ ८, पोखरा ।</b> मिनी ट्रक र मोटरसाइकल एकापसमा जुध्दा पोखरामा हिजो साँझ एक जनाको मृत्यु भएको छ । पोखरा–१४ खाल्टे बस्ने २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । </p><p>गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । पोखराको लेखनाथस्थित आदर्शचोकमा ग१ख ३४१६ नम्बरको मिनी ट्रक र ग१३प २६६० नम्बरको मोटरसाइकल एकापसमा जुधेपछि सो घटना भएको हो । सो मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस<br></p>
पोखरामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
Leave a Comment

