Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रहरीद्वारा गोली प्रहार गरी ८ जना भारतीय डाँका पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ९, काठमाडौँ | जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको छ । गए राती जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बाट प्रहरीले गोली हानेर डाकालाई पक्राउ गरेको हो ।

पक्राउ परेका डाँकाहरु भारत बिहार प्रान्त स्थित समस्तीपुरको रहेको बताइको छ। जनकपुरधाम–८ स्थित विहारकुन्डमा डाँका हाल्ने उदेश्यले आएका उनीहरु मध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएका छन् ।

घाइते डाँकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जनाए ।

८ जनाको समूहमा रहेका सबैलाई प्रहरीले पक्राउ गरेको छ । डीआइजी पालको टोलीले ७ जनालाई घटनास्थल र एकजनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त डाका भनिएकाहरुका साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।