२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

तालपोखरामा डुङ्गा बन्द

२०७६, ९ जेष्ठ बिहीबार ०८:५०

सुशीला रेग्मी | जेठ ९, पाल्पा | एक सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो । टाढा टाढाबाट पर्यटक तालपोखरा हेर्न रामपुर भित्रिन थाले । आन्तरिक पर्यटकले खचाखच हुने तालपोखरा क्षेत्र अहिले भने सुनसान छ । 

कृत्रिम तालका रुपमा विकास गरिएको तालपोखरामा दुई महिनाअघिदेखि डुङ्गा सञ्चालन बन्द गरिएपछि यहाँ आउने पर्यटकलाई सास्ती भएको छ । टाढा टाढाबाट डुङ्गा चढ्नकै निम्ति आएका पर्यटकहरु अहिले तालपोखरा नपसी सडकबाटै फर्कने गरेको पाइएको छ । 

तालपोखराको व्यवस्थापन पूरा नहुँदा नहुँदै हतार हतार डुङ्गा सञ्चालन गरिएकाले अहिले बीचैमा एक्कासी बन्द गर्नु परेको स्थानीयवासी बताउँछन् । डुङ्गा बन्द गराएर स्तरोन्नतिको काम गर्न लागिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो । 

“तालपोखराको संरचना बलियो बनाएर बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ अहिले डुङ्गा सञ्चालन बन्द गरेर स्तरोन्नति गर्नतर्फ लागेका हौं,” उहाँले भन्नुभयो ।

तालको रुपमा फैलिएको जमीनको पूरै भागको सतह मिलाउने, मर्मत गर्ने, डुङ्गा लाग्ने स्थानमा सुधार र तालको चारैतिरको भाग बारबन्देज गर्ने काम सुरु गरिएको छ ।

तालपोखराको मध्यभागमा रहेको जलेश्वर महादेवको पूर्व र पश्चिमतिर पार्क निर्माण गर्ने समितिको योजना छ । यस आर्थिक वर्षमा स्तरोन्नतिका लागि रामपुर नगरपालिकाले रु २० लाख रकम सहयोग गरेको छ । नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख रकम सहयोग प्राप्त भएको छ । 

“पानी सुकाउनै समय धेरै लागेकाले तालपोखरामा डुङ्गा बन्द गर्नु परेको हो, स्तरोन्नति गरेपछि व्यवस्थित तरीकाले नियमित रुपमा डुङ्गा सञ्चालन हुनेछ,” डुङ्गा व्यवसायी भगवान् देवकोटाले भन्नुभयो । 

डुङ्गा बन्द हुँदा केही समय रोजगारी पनि बन्द हुन पुगेको उहाँ बताउनुहुन्छ । उहाँले शुरुदेखि नै यहाँ डुङ्गा चलाउँदै आउनुभएको छ ।

तालपोखरामा डुङ्गा चढेर फेवातालको अनुभूति गर्ने अभिलाषा बोकेर रामपुर आउनुभएका आर्यभञ्ज्याङ्ग पाल्पाकी नारायणी भट्टराई डुङ्गै नचढीकन त्यसै फर्कनुभयो । 

“लामो समयसम्म डुङ्गा नै बन्द गर्दा टाढाबाट आउने आन्तरिक पर्यटकलाई सकस भएको छ, निर्माण कार्यलाई दु्रत रुपले अगाडि बढाउनुपर्ने देखियो, काम अलि सुस्त भएको हो कि जस्तो लाग्यो,” उहाँले भन्नुभयो ।

कृत्रिम ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी तालमा परिणत गरिएको हो । अहिलेसम्म साढे दुई करोड रुपैयाँभन्दा बढीको काम भइसकेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजीकै बहेको कालीगण्डकीबाट लिफ्टिङ् गरेर पानीको व्यवस्थापन गरिएको छ ।

डुङ्गा सञ्चालनबाट यहाँका आठ जनालाई रोजगारी मिलेको छ । प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी हुने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउनुहुन्छ । 

तालपोखरामा राखिएको माछाबाट पनि आम्दानी भइरहेको छ । भरिएको पानी सुकाएर अहिले माछा निकाल्ने काम भइरहेको छ । हाल देनिक चालीसदेखि पचास किलो माछा बिक्री हुने गरेको छ । माछाका कारण पनि काममा ढिलाइ भएको हो ।                                          

दुई वटा काठको मात्र डुङ्गा सञ्चालन भइरहेकामा  पछिल्लो समय पर्यटकको सङ्ख्या बढ्न थालेपछि दुई वटा र्याफ्टिङ डुङ्गा सञ्चालनमा ल्याइएको थियो । झण्डै ७० रोपनी क्षेत्रफलमा रहेको तालपोखरा पहिला पानी जम्मा हुने पोखरी थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा