Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विराट गुप्तेश्वर कोटीहोम महायज्ञमा करोड दिप प्रज्वलन, ६ करोड संकलन

२०७६, ११ जेष्ठ शनिबार ०१:१२

 

पर्वत/जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज दशौ दिन आज भक्तजनहरु अपार सहभागिता भएको छ । यज्ञको दशौ दिन आज संघिय सरकारका वन मन्त्रालयका सह सचिव डा कृष्ण प्रसाद आचार्यले यज्ञको सफलताका लागी शुभकामना व्यक्त गर्नु भयो ।

उहांले मानिस कामको शिलशिलामा मनले नमान्दा नमान्दै पनि केहि त्यस्ता कार्यहरु गर्दछ ति कार्यहरुको मोचन गर्ने विधि यज्ञ हो त्यसकारण सवैले जानी नजानी अनजानमा गरेका कमी कमजोरीहरुलाई हटाउनका लागी यस्ता कार्यक्रममा आई दान गरेर पून्य कमाउन आग्रह गर्नूभयो । पर्वत जिल्लालाई विश्वसामू चिनाउने यस महान कार्यको योजनाकार लगायत मूल आयोजक समितिलाई धन्यवाद दिनूभयो ।


शिव पार्वतीको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञसफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम आज दशौ  दिन सम्म ४ करोड संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले जानकारी दिनू भयो ।  ३ करोड ५० लाख नगद र ५० लाख वरावरको जग्गा प्राप्त भएको मूल आयोजक समितिका कोषाध्यक्ष कमलनाथ पोख्रेलले वताउनू भयो ।

आगामी जेठ ११ गते सम्म संचालन हूने यज्ञमा भोली अन्तिम दिन झाकी सहित कथावाचन हुने तथा नेपाली कांग्रेसका महामन्त्री शसांड्क कोईराला प्रमूख अतिथि रहने आयोजक समितिका महासचिव अच्यूत तिवारीले जानकारी दिनू भयो।


आजै असख्य दिप प्रजोलन भएको छ । महायज्ञ मूल आयोजक समितिका दिप संकलन तथा व्यवस्थापन उप समितिका संयोजक कलावती पूरीले सवै भक्तजनहरुवाट प्राप्त १ करोड भन्दा माथी रहेका ज्योति प्रज्वलन गरेको जानकारी दिनू भयो ।


कोटीहोमका ९५ प्रतिशत कार्य सम्पन्न भएको तथा वांकी कार्य भोलि सम्पन्न गरि गूरुहरुलाई विधाई गरिने तथा भोली पनि दानविरहरुलाई सम्मान जारी राखिने मूल आयोजक समितिका अध्यक्ष पृथ्वि नारायण शर्माले जानकारी दिनू भयो ।


यज्ञमा सोचेभन्दा धेरै भक्तजनहरुको उपस्थिति भएको मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनू भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ