२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रामग्राम स्तूपबाट दोस्रो चरणको ‘रोड शो’ शुभारम्भ

२०७६, १२ जेष्ठ आईतवार ०८:४४

जेठ १२, परासी । प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो चरणको रोड शो(सडक प्रदर्शनी) आजदेखि शुरु भएको छ । बीस लाख पर्यटक भित्र्याउने गरी प्रदेश सरकारले गत जेठ ४ गते भ्रमण वर्षको औपचारिक घोषणा गरेको थियो । पश्चिम नवलपरासीस्थित भगवान गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थल रामग्राम स्तूपबाट आज बिहान दोस्रो चरणको सडक प्रदर्शनी शुभारम्भ गरिएको हो ।

सो अवसरमा प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यसअघि गरिएको पहिलो चरणको सडक प्रदर्शनीबाट राम्रो प्रभाव परेको बताउँदै भन्नुभयो, “यस किसिमको कार्यक्रमले देशभरि बुद्ध जन्मस्थल लुम्बिनी, अस्तुधातु रहेको रामग्रामलगायतका दशवटास्थलको प्रचारप्रसार हुने विश्वास गरेका छौँ, यसबाट ओझेलमा रहेको रामग्रामको पनि प्रचारप्रसार हुने र आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेछ ।” 

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले लुम्बिनी र रामग्रामको विकास सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाको तर्फबाट रामग्राम र बुद्धको मावली पण्डितपुरको विकास र प्रर्वद्धनको लागि निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो । 

सडक प्रदर्शनी कार्यक्रममा रामग्रामलाई उच्च प्राथमिकता दिएर प्रचार गर्न पनि उहाँले भ्रमण टोलीलाई आग्रह गर्नुभयो । लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न सिद्धार्थ होटल एशोसियशन (सान) को नेतृत्वमा पर्यटन व्यवसायी, पत्रकार, सम्बन्धित नगरपालिकाका प्रतिनिधिलगयत ३० सदस्यीय टोली आज परासीबाट पूर्वी नेपालको झापासम्मको यात्रामा निस्किएको हो । सडक प्रदर्शनीमा जाने टोलीलाई बाजागाजासहित स्थानीय जनप्रतिनिधि, व्यवसायी, पत्रकार तथा सर्वसाधरणले बिदाइ गरेका थिए । 

छ दिनसम्म चल्ने सडक प्रदर्शनी यात्राको क्रममा प्रदेश नं ३, २ र १ का भरतपुर, हेटौँडा, बर्दिबास, जनकपुर, लहान, इटहरी, धरान, भेडेटार, विराटनगरलगायतका प्रमुख शहरमा संक्षिप्त कोणसभा गरी भ्रमण वर्षका प्रचार सामग्री वितरण र लुम्बिनी र यससँग सम्बन्धित पर्यटकीयस्थलको भ्रमणमा आउन सम्बन्धित प्रदेशवासीलाई निम्तो दिइने सडक प्रदर्शनी कार्यदलका संयोजक रवीन शर्मा घिमिरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार त्यसपछि तेस्रो चरणमा कपिलवस्तुबाट दाङ, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतमा कार्यक्रम हुनेछ । चौथोचरणमा भारतको कुशीनगर, बनारस र सारनाथमा सडक प्रदर्शन हुनेछ । पहिलो चरणको सडक प्रदर्शनी भैरहवाबाट वैशाख २२ गतेदेखि शुरु भई काठमाडौँमा पुगेर सम्पन्न भएको थियो । 

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने नाराका साथ शुरु भएको भ्रमण वर्षमा मायादेवी प्रसूति उत्सव, सुजाता खिर उत्सव, लुम्बिनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिकयात्रा र त्रिपिटिकवाचन, योग तथा ध्यान शिविर र स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) को व्यवस्था मुख्य आकर्षणको रूपमा रहेका छन् । 

रामग्राम नगरपालिकाले पनि ‘रामग्राम स्तूप जाऔँ, लुम्बिनी भ्रमण वर्ष सफल पारौँ’ भन्ने नारा तय गरी रामग्राम र पण्डितपुरको प्रवद्र्धन गरेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो