२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी : १० वर्षमा पनि बनेन् दुखुखोलाको पुल

२०७६, १३ जेष्ठ सोमबार ०६:०८

जेठ १३ गलेश्वर । २०६७ सालमा निर्माण शुरु गरिएको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलाको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा पश्चिम म्याग्दीका तीन गाउँपालिकाका हजारौँ जनताले सास्ती खेप्न बाध्य भएका छन् ।

तत्कालीन जिल्ला विकास समितिअन्तर्गत सञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत् २०६७ मा शुरु भएको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण गर्न नसकिएको हो ।

शुरुमा डिजाइन गलत भएको भनी पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराई २०७३ मा अर्को ठेक्का सम्झौता गरिएको थियो । २२ मिटर लामो पुल निर्माणका लागि २०७३ साउन ९ गते रु दुई करोड २५ लाख ६० हजार ८२३ मा स्वच्छन्द–गौचन जेभीसँग सम्झौता भएको थियो । २०७४ कात्तिकमा सक्ने सम्झौता भए पनि अहिलेसम्म दुईतर्फको पिल्लर ठडाएर ढलानको लागि सटिङ मात्र भएको छ । सटिङ गरेको एक महीना बिते पनि ढलान नभएको र वर्षामा खोलामा आएको बाढीले बगाउने जोखिम बढेको जनगुनासो बढेको छ ।

सम्झौताअनुसार निर्माण कार्य नभएपछि स्थानीय निकायले चासो देखाएका छन् । जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसी, सदस्य शेरबहादुर केसी, समन्वय अधिकारी ज्ञानराज कोइराला र मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको टोलीले पुलको स्थलगत निरीक्षण गरेको छ । पुल निर्माणमा भएको ढिलाइको विषयमा तत्कालै पूर्वाधार विकास कार्यालयमार्फत् निर्माण कम्पनीलाई ताकेता गर्न लगाउने जिसस प्रमुख केसीले जानकारी दिनुभएको छ ।

पुल निर्माणमा ढिलाइ हुँदा सवारीसाधन र सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् । बेनी–दरवाङ मङ्गला, मालिका, धौलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो ।

स्वच्छन्द–गौचन जेभीले ठेक्का सम्झौता गरे पनि काम भने बेनीको श्रमजीवी निर्माण कम्पनीका प्रकाश बानियाँले गर्दै आउनुभएको छ । पछिल्लो पटक वैशाख मसान्तसम्मका लागि थप भएको म्याद पनि ठेकेदारले काम नगरी गुजारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा