२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुर : विमानस्थल पुनः सञ्चालनको माग

२०७६, १३ जेष्ठ सोमबार ०८:३१

जेठ १३, भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । 

विमानस्थल सञ्चालनका लागि दबाब दिन यहाँका युवा तथा नागरिक समाजका अगुवाको पहलमा मझगाउँ विमानस्थल सङ्घर्ष समितिसमेत गठन गरिएको छ । 

सामाजिक सञ्जालमासमेत पछिल्लो केही दिनयता धगनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु हुनुपर्ने माग बढिरहेको छ ।

पूर्व वन अधिकृत रमेश चन्दको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर दबाब सिर्जना गर्न थालिएको छ । मझगाउँ विमानस्थल सङ्घर्ष समितिका व्यवस्थापन संयोजक करनसिंह पालले बन्द विमानस्थल सुचारुका लागि विभिन्न निकाय, सङ्घ संस्था, स्थानीय तह र स्थानीय प्रशासकसंग चरणवद्ध छलफल तथा अन्तरक्रिया भइरहेको जानकारी दिनुभयो ।

सङ्घर्ष समितिले मझगाउँ विमानस्थलमै आज कञ्चनपुरका सञ्चारकर्मीसंग गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखासहित यहाँका सञ्चारकर्मी पनि विमानस्थल पुनः सञ्चालनमा एक्यवद्धता जनाएको छ । 

‘आजै बेलुकी यहाँका राजनीतिक दल र तीनका भातृ सङ्गठनसित पनि छलफल कार्यक्रम तय भएको छ ।’ पालले भन्नुभयो, “जनप्रतिनिधिदेखि स्थानीय प्रशासनका प्रमुखसित यस विषयमा गम्भीर छलफल गरेर अघि बढ्ने छौं ।”

असुरक्षाका कारण देखाउँदै २०५६ सालदेखि आन्तरिक उडान भर्दै आएको मझगाउँ विमानस्थल बन्द हुन पुगेको थियो । ‘हरेक दलहरुका चुनावी प्रतिबद्धतामा मझगाउँ विमानस्थल पुनः सञ्चालन हुने विषय प्राथमिकतामा परेको भए पनि अहिलेसम्म यो सञ्चालनमा आउन सकेको छैन’, सङ्घर्ष समितिका संयोजक रमेश चन्दले भन्नुभयो, “अब सामूहिक रुपमा एकताबद्ध भई पुनः सञ्चालनको अभियानमा सबैले हातेमालो गर्नु जरुरी छ ।”

उहाँले कञ्चनपुरवासीले  झण्डै दुई दशकदेखि धनगढी र नेपालगञ्ज विमानस्थलबाट हवाईयात्रा गरिरहनु पर्ने बाध्यता रहेको  परेको बताउनुभयो ।

‘यहाँ विमानका लागि यात्रु पुग्दैनन् भन्ने पनि छैन ।’ चन्दले भन्नुभयो,“आवश्यक भौतिक पूर्वाधारको सदुपयोग गरेर विमानस्थल सुचारु गर्नु जुरुरी छ ।”

विमानस्थल सञ्चालनका चासो नहुँदा लामो समयदेखि गौचरणमा परिणत भएको छ । ‘यहाँबाट भारतको राजधानी नयाँ दिल्लीसम्मको अन्तर्राष्ट्रिय उडान गराउन सके सुदूरपश्चिमको पर्यटनको विकासका लागि ठूलो टेवा पुग्नसक्छ’, चन्दले भन्नुभयो, “यो सामाजिक अभियानमा सबै एकजुट भएर लाग्नुपर्छ । ”

झण्डै ५३ बिघा क्षेत्रफलमा रहेको विमानस्थलमा दुई किलोमिटर धावनमार्ग समेत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी