2026-09-13 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अस्पताललाई बजेट माग

जेठ १३, तुलसीपुुर । यहाँ सञ्चालन भएका आँखा अस्पतालको विकासका लागि गुरुयोजना तयार पारी प्रदेश सरकारसँग बजेट माग गरिएको छ । प्रदेशसभाका सदस्य, राजनीतिक दल र अस्पतालका प्रशासकको टोलीले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग आइतबार भेट गरी अस्पतालको विकास गर्न बजेट माग गर्नुभएको हो ।  

 नेपाल नेत्रज्योति सङ्घ दाङले सङ्घद्वारा सञ्चालन भएका राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको भौतिक विकासका लागि मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीसँग भेटेर अस्पतालले तयार पारेको गुरुयोजना बारेमा जानकारी गराउनुभएको थियो । साथै दीर्घकालीन योजना पेश गरिएको सङ्घका सभापति कृष्णकुमार गिरीले जानकारी दिनुभयो ।

तीनवटै अस्पतालमा भौतिक अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको त्यसको सुधार र थप निर्माण कार्यका लागि बजेट माग गरिएको गिरीले जानकारी दिनुभयो । दातृ निकायको सहयोगमा सञ्चालन भएका अस्पतालमा दिन प्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएको र पूर्वाधार अभावले सेवा प्रवाहमा कठिनाइ भएकाले बजेट थप्न अनुरोध गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताउनुभयो ।

सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा रहेका आँखा अस्पतालले जनतालाई राम्रो सेवा प्रवाह गरेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले आँखा उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

 “सङ्घले दातृनिकायसँग सहयोग जुटाएर नेपालमा आँखा उपचार सेवा प्रवाह गरेको छ, अब प्रदेश सरकारले यो सेवालाई प्रभावकारी गराउन के सहयोग गर्न सकिन्छ त्यो हाम्रोतर्फबाट हुने छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । त्यस्तै सामाजिक विकासमन्त्री सुदर्शन बरालले आँखा अस्पतालको भौतिक विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, इन्द्रजित चौधरी, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, नेपाली काङ्ग्रेस दाङका सभापति कीर्तिबहादुर खड्कालगायतले आँखा अस्पतालको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन