2026-09-13 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको एक गाउँमा २४ बर्षपछि बल्यो बिजुली, गाउँलेमा छायो खुसीयाली

सम्राट सिंह | जेठ १४, बझाङ | सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको एक गाउँमा २४ बर्षपछि बिजुली बलेपछि स्थानियमा खुसीयाली छाएको छ । 

जिल्लाको थलारा गाउँपालिका ९ अफलामा ५२ किलो वाट जडारी गाड लघु जलविद्युत आयोजना २४ बर्षपछि सम्पन्न भई गाउँ नै झिलिमिली बनेपछि स्थानियमा खुसीयाली छाएको हो ।

२०५२ सालमा शुरु भएको आयोजना विभिन्न कारणले निर्माण कार्य रोकिएको थियो । आयोजनाको निर्माण कार्य बर्षौ बित्दा समेत निर्माण कार्य अगाडि नबढेपछि त्यहाँका युवाहरु अम्बर बिष्ट तथा लोकेन्द्र बिष्टको पहलमा ३ बर्षमा नै निर्माण कार्य सकेर गाउँ नै झिलिमिली बनेको छ ।

गाउँमा बिजुली नहुँदा झरो,टुकी बालेर किताब पढ्ने गर्थ्यौं थलारा गाउँपालिका ९ कि दिपिना बिष्टले भनिन् अहिले गाउँमा नै विद्युत बनेपछि गाउँभरी झिलिमिली छ अध्ययन गर्ने विद्यार्थीहरुका लागि पनि एकदमै सहुलियत भएको छ ।

सोमबार जडारीगाड लघु विद्युतको उद्घाटन संविधान सभा सदस्य मान प्रसाद खत्रीले गर्नुभएको थियो । झण्डै डेढ करोड लागतमा बनेको जडारी गाड लघुविद्युत बाट ७ सय ५० घरधुरीहरु लाभान्वित भएका छन । 

पहिला झरो बाल्थ्यौ पछि टुकी बाल्यौ त्यसपछि सोलार बाल्यौ हाल आएर गाउँमा नै विद्युत उत्पादन भएपछि चौविसै घण्टा बिजुली बाल्न पाउँदा अत्यन्तै खुसी लागेको थलारा गाउँपालिकाका दिल बहादुर खत्रीले बताए । 

विद्युतको निर्माण कार्य सकेर गाउँमा विजुली बलिसकेपछि जडारी गाड लघु विद्युत आयोजना निर्माण समितिले थलारा गाउँपालिका र जिल्लाभरीका पाहुनालाई निमन्त्रणा गरी विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत गरेको थियो । बिजुली बलेपछि जनतामा एकदमै खुसी छाएको छ । 

जडारी गाड लघुविद्युत आयोजना वैकल्पिक उर्जा विकास प्रवर्दन केन्द्र र थलारा गाउँपालिका  आर्थिक सहयोगमा निर्माण गरिएको थियो । 

यसरी गाउँमा नै विद्युत उत्पादन हुँदा विभिन्न उद्योग धन्दाहरु संञ्चालन गरेर यहाँका बासिन्दाहरु प्रत्यक्ष लाभ लिन सक्ने जडारी गाड लघु विद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष अम्बर बिष्टले बताए । उनले भने गाउँमा नै विजुली उत्पादन भई गाउँ नै झिलिमिली भएपछि गाउँलेहरु अत्यधिक खुसी भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले