पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १५ राजापुर । मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित हुन् ।

अघिल्लो साँझ घरमै भएको बुहारी भोलिपल्ट बिहान ५ बजे ओछ्यानमा नभेटिएको नगरपालिका–५ गाउँ नं ११ का भीमराज सापकोटाले बताउनुभयो । सापकोटाले बिहान उठ्दा बुहारी नभेटिएको बताएका छन् । उनीहरुले प्रयोग गरेको मोबाइल ‘स्वीचअफ’ छ ।

नेपालमा भएका सम्पूर्ण आफन्तलाई सम्पर्क गर्दासमेत फेला नपरेपछि आफन्तीले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएका छन् । माइती नेपाल नेपालगञ्जमा समेत खोजबिनका लागि निवेदन दर्ता गराएका छन् । बेपत्ता तीनै जनाको घर नजिकै छ । इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले उनीहरुको हुलियाको आधारमा खोजीकार्य जारी रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बेपत्ताको खोजीका लागि सबै स्थानमा प्रहरी खटाइएको बताउनुभयो । रासस