Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पोखरामा ढुङ्गा प्रहार बाट एक जनाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १५, पोखरा । </b>कास्कीमा मङ्गलबार ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ । माछापुच्छे« गाउँपालिका–७ ओखरबोट बस्ने ५२ वर्षीय गोरे भनिने मानकाजी विकको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।</p><p>&nbsp;सोही ठाउँ बस्ने ६५ वर्षीय सन्ते विकले घरायसी झगडाको क्रममा टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको मृत्यु भएको हो । ढुङ्गा प्रहार गर्ने सन्तेलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । रासस</p>