2026-09-14 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पक्की पुलको निर्माणकार्य रोक्न प्रशासनको निर्देशन

 जेठ १६, गलेश्वर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको निर्माणकार्य रोक्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले ठेकेदारलाई निर्देशन दिएको छ । गिट्टी, बालुवालगायत पुल निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को व्यवस्था नहुँदासम्म पुल निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

पुलको फाउण्डेशन निर्माणमा गुणस्तरहीन गिट्टी, बालुवा प्रयोग भएको भनी रघुगङ्गा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले प्रशासन कार्यालयलाई जानकारी गराएपछि पुल निर्माणको काम अर्को व्यवस्था नहोउञ्जेलसम्म रोक्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

सदरमुकाम बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ पिप्लेको सीमाक्षेत्रमा पर्ने राहुघाटको पिप्लेखण्डमा पक्की पुलको फाउण्डेशन राख्न ढलानको काम भइरहेको छ । 

जिल्ला पूर्वाधार विकास कार्यालयका डिभिजन इञ्जिनीयर ओमराज ढुङ्गाना, प्रहरी नायब उपरीक्षकसमेत पुल निर्माणस्थल पुगेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्राविधिक आई गुणस्तर निर्धारण नगर्दासम्म पुलमा भइरहेको काम स्थगित गर्न निर्देशन गर्नुभएको हो ।

“जिम्मेवार तहबाट नै गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि प्राविधिकसहित स्थलगत अनुगमन गर्दा धुलो बालुवा र धेरै साना गिट्टी प्रयोग भएको पाइयो”, प्रजिअ अधिकारीले भन्नुभयो, “डिजाइन स्टिमेटअनुसार निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने दायित्व सम्बन्धित आयोजनाको भएकाले निर्देशन गरिएको हो ।”

तर, ठेकेदार कम्पनी शर्मा गजुरमुखी युनाइटेडका इञ्जिनीयरले भने पुल निर्माणका लागि कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन गरिएको बताउनुभएको छ । “आयोजनाले पुलमा कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन दिएको हो”,  इञ्जिनीयर सोनारी क्षेत्रीले भन्नुभयो, “ठेकेदार पक्षबाट कुनै बदमासी भएको छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ