Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ जेठ १६ गते, अपराह्न ४:१२ बजे
बझाङ्ग - BJN

घाँटीमा हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सम्राट सिंह | जेठ १६, बझाङ | जिल्लाको सुर्मा गाउँपालिकामा घरायसी विवाद पछि हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार साँझ सुर्मा गाउँपालिका ४ का ३४ बर्षिय लोकेन्द्र पुजाराले समान्य विवादमा सोही ठाउँकी २५ बर्षिय जुना पुजारालाई हँसिया प्रहार गर्दा मृत्यु भएको हो । 

मदिरा सेवन गरेका लोकेन्द्रले सामान्य घरायसी विवाद पछि बुहारी नाता पर्ने पुजाराको घाँटीमा हँसिया प्रहार गर्दा पुजाराको घटनास्थलमा नै मृत्यु भएको प्रहरी जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरिक्षक कमल प्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा गएको छ ।