सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र "/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला अस्पताल: दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा

१७ जेष्ठ २०७६, शुक्रबार १६:१५

सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र डाक्टर हुँदा बिरामी मर्कामा परेका हुन ।

जिल्ला अस्पतालमा हाल दिन–रात गरी सरकारी डाक्टर संदिप ओखेडा र निक्साइमन संस्थाका डाक्टर शेर बहादुर साउँद र सोहिता तुलाधरले बिरामीको उपचार गरिरहेका छन । 

मौसम परिवर्तन सँगै जिल्ला अस्पतालमा उपचार गर्न आउँने बिरामीको चाप निकै बढेको तर अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरु नहुँदा बिरामीले चेकजाँच गर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था रहेको छ । 

जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरुले सास्ती भोग्नु परेको जयपृथ्वी नगरपालिका ७ को टेकेन्द्र बोहराले बताए । विकट हिमाली जिल्ला बझाङमा राज्यले तत्काल दरबन्दी अनुसारका डाक्टरहरु पठाइ बिरामीको उपचारमा ध्यान दिनुपर्ने उनको भनाइ छ । 


जिल्ला अस्पतालमा डाक्टरको संख्या कमी हुँदा उपचारका लागि टाढा टाढाबाट आएका बिरामीहरुले दिनभर लाइनमा बसेर पनि उपचार पाइरहेका छैनन् । 

घण्टौसम्म लाइनमा बसेर पनि उपचार नपाएपछि बिरामीहरुले निजी औषधि पसलहरुमा उपचार गराउनुपर्ने अवस्था रहेको छ । 

गर्मी बढेपछि जिल्ला अस्पताल बझाङमा दैनिक बिरामी संख्यामा बृद्घि भइरहेको हुँदा डाक्टरहरुको संख्या कमी भएका कारण बिरामीको उपचारमा ढिलो भएको जिल्ला अस्पताल बझाङका डाक्टर संदिप ओखेडाले बताए । तिन वटै डाक्टरहरु दिनरात नभनि बिरामीको उपचारमा खटि राखेका छौ उनले भने एक जना डाक्टरले ८ घण्टा ड्यूटि गर्नु पर्ने बाध्यता छ ।

आफु आएपछि जिल्ला अस्पतालको ल्यापको स्तरउन्नति ,फोहोर मैला व्यवस्थापन,२४ सै घण्टा जिल्ला अस्पतालको फार्मेसी संञ्चालन गरेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य