सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र "/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला अस्पताल: दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा

२०७६, १७ जेष्ठ शुक्रबार १६:१५

सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र डाक्टर हुँदा बिरामी मर्कामा परेका हुन ।

जिल्ला अस्पतालमा हाल दिन–रात गरी सरकारी डाक्टर संदिप ओखेडा र निक्साइमन संस्थाका डाक्टर शेर बहादुर साउँद र सोहिता तुलाधरले बिरामीको उपचार गरिरहेका छन । 

मौसम परिवर्तन सँगै जिल्ला अस्पतालमा उपचार गर्न आउँने बिरामीको चाप निकै बढेको तर अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरु नहुँदा बिरामीले चेकजाँच गर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था रहेको छ । 

जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरुले सास्ती भोग्नु परेको जयपृथ्वी नगरपालिका ७ को टेकेन्द्र बोहराले बताए । विकट हिमाली जिल्ला बझाङमा राज्यले तत्काल दरबन्दी अनुसारका डाक्टरहरु पठाइ बिरामीको उपचारमा ध्यान दिनुपर्ने उनको भनाइ छ । 


जिल्ला अस्पतालमा डाक्टरको संख्या कमी हुँदा उपचारका लागि टाढा टाढाबाट आएका बिरामीहरुले दिनभर लाइनमा बसेर पनि उपचार पाइरहेका छैनन् । 

घण्टौसम्म लाइनमा बसेर पनि उपचार नपाएपछि बिरामीहरुले निजी औषधि पसलहरुमा उपचार गराउनुपर्ने अवस्था रहेको छ । 

गर्मी बढेपछि जिल्ला अस्पताल बझाङमा दैनिक बिरामी संख्यामा बृद्घि भइरहेको हुँदा डाक्टरहरुको संख्या कमी भएका कारण बिरामीको उपचारमा ढिलो भएको जिल्ला अस्पताल बझाङका डाक्टर संदिप ओखेडाले बताए । तिन वटै डाक्टरहरु दिनरात नभनि बिरामीको उपचारमा खटि राखेका छौ उनले भने एक जना डाक्टरले ८ घण्टा ड्यूटि गर्नु पर्ने बाध्यता छ ।

आफु आएपछि जिल्ला अस्पतालको ल्यापको स्तरउन्नति ,फोहोर मैला व्यवस्थापन,२४ सै घण्टा जिल्ला अस्पतालको फार्मेसी संञ्चालन गरेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश