२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खाद्यको चामल कुहियो

२०७६, १७ जेष्ठ शुक्रबार १६:३०

चिसाङ शेर्पा | जेठ १७, खोटाङ | नेपाल खाद्य संस्थानले समय अनुकुल चामलको मुल्य समायोजन गर्न नसक्दा संस्थानको शाखा कार्यालय दिक्तेलमा रहेको चामल कुहिएर डिस्पोज गर्नुपर्ने भएको छ । बढ्दो बजार र यातायातको पहुंच गाउँघरमा पुग्दा समेत मुल्य नघट्दा खाद्यको चामल कुहिएर नष्ट भएको हो । त्यहाँको चामल कुहिएर पोकापोका परेको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा आएको १ सय ६५ क्वीन्टल चामल मध्ये हाल ९ क्वीन्टल ६२ केजी अरुवा जिरा मसिनो चामल डुङडुङती गन्हाएर तत्काल डिस्पोज गर्नुपर्ने अवस्थामा रहेको छ । डुङडुङती गन्हाएर फाल्नुपर्ने अवस्था आईपुग्दा समेत सो गन्हाएको चामलको मुल्य अझै पनि ५० रुपैयाँ केजी छ । बजार मुल्यभन्दा उच्च मुल्यका कारण चामल विक्री नहुंदा खाद्य संस्थानले सर्वदलीय सर्वपक्षीय छलफल गरेर प्रतिकेजी ३५ रुपैयाँ मुल्य बनाउन केन्द्रलाई अनुरोध गरेको थियो । तर, चामलको मुल्य नघट्दा विक्री नभएपछि अन्ततः चामल कुहिएर नष्ट भएको हो । कुहिएको चामललाई यस आर्थिक वर्षको अन्त्यमा भौतिक परिक्षण गरेर डिस्पोज गर्ने प्रक्रियामा लगिने कार्यालय प्रमुख सुनिल कुमार शाहले बताए ।

यस्तै,चालू आर्थिक वर्ष २०७५/०७६ मा खाद्य संस्थानले दिक्तेल संस्थानका लागि १ सय ४६ क्वीन्टल १० केजी जापनीज चामल, ऐंसेलुखर्क डिपोलाई जापनीज १ सय ३६ क्वीन्टल ३० केजी र अरुवा सोना मन्सुली १ सय ७१ केजी र खोटाङबजार डिपोलाई २ सय ४० केजी सोना मन्सुली चामल वितरण गरेको लेखा प्रमुख भानुभक्त चौहानले जानकारी दिए । वितरण गरिएको चामल प्रतिकेजी ४५ रुपैयाँमा विक्री भइरहेको छ । चालू आर्थिक वर्षमा दिक्तेल खाद्य संस्थानबाट २ सय ६४ क्वीन्टल ५० केजी, ऐंसेलुखर्क डिपोबाट १ सय ९८ क्वीन्टल ५० केजी र खोटाङबजार डिपोबाट १ सय ८० क्वीन्टल चामल विक्री भएको लेखा प्रमुख चौहानले जनाए ।

बाक्सिला डिपो सञ्चालनका लागि ज्यालादारी माग गरिएको छ । ज्यालादारी स्वीकृत भएपछि सो डिपो पनि सञ्चालनमा आउनेछ । विकासक्रमसँगै कुनाकन्दरामा साना तथा ठूला सवारी साधनले घरघरमा खाद्यन्न वस्तु पुर्यारहंदा खाद्य संस्थानको चामलको भाउ भने उस्तै छ । बजार मुल्यभन्दा सरकारी चामल महंगो हुंदा चामल कुहिएर नष्ट भइरहेको हो । दिक्तेलबजारमा भन्दा खाद्यको चामल बिकट गाउँघरमा आवश्यक रहेकाले त्यतातिर लैजानुपर्ने सरोकारवालाहरुको भनाई छ ।


माथिको तश्विरमा: खाद्य संस्थानको शाखा कार्यालय दिक्तेलमा कुहिएको चामल । तस्विर: चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित