२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्माका मेयर जोशी भन्छन् ‘सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि योजना ल्याउँछौ’

२०७६, १८ जेष्ठ शनिबार ११:०९



पर्वत–पर्वतको कुस्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । शुक्रवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्साठीऔं वार्षिकोत्सव मनाएको हो ।


कार्यक्रमको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । त्यसक्रममा बोल्दै जोशीले विद्यालयको विकासमा सहयोग गर्न नगरपालिका सधैँ तयार रहेको बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र समायानूकल बनाउन विद्यालय सुधारका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभयो । जोशीले जिल्लाको पहिलो प्राविधिक शिक्षा दिने यस विद्यालयले प्राविधिक जनशक्ति उत्पादन गरि राष्ट्रलाई योगदान गरेको बताउँदै यस्ता विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 


कार्यक्रममा बोल्दै कुस्मा ११ पकुवाका वडा अध्यक्ष शिब प्रसाद पौडेलले सामुदायिक विद्यालयलाई सुधार गरेर गुणस्तरिता बढाउन विशेष योजना ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षा सुधार गर्न प्रारम्भिक तहदेखि नै विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकारी विष्णु प्रसाद तिवारी, नेपाल रेडक्रस सोसाईटी पर्वतका अध्यक्ष तथा पूर्व प्रअ रुद्र बहादुर रिमाल, विद्यालयका प्रअ नरनाथ रिमाल लगायतले बोल्नुभएको थियो । 


कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण पेश गरिएको थियो । सोही अवसरमा विद्यालयको संस्थागत विकासका लागि योगदान दिने ८ विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानितहरुलाई कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सम्मान पत्र प्रदान गर्नुभयो । 


यससँगै विद्यालयमा रहेका विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयले प्राविधिक धारतर्फको परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने विद्यार्थी याम माया पुनलाई नगद रु ६ हजार र ट्रफी प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बम मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सम्भबी अधिकारी र विद्यार्थी प्रमिला क्षेत्रीले र संचालन शिक्षक राजकुमार गौतमले गर्नुभएको थियो । 
पर्वतको एकमात्र प्राविधिक धारमा अध्यायन हुने यस विद्यालयमा कृषि जेटिए र भेटेरीनरी जेटीएको पढाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित