Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीको सहयोग

२०७६, १९ जेष्ठ आईतवार ०६:१६

जेठ १९, गलकोट ।  जिल्लाको बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहनुभएका पूर्वविद्यार्थीले आर्थिक अभियान सञ्चालन गरी विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाइएको विद्यालयका प्रधानाध्यापक प्रेम चापागाईँले बताउनुभयो । 

पूर्वविद्यार्थीद्वारा सङ्कलित रु ३५ लाखको लागतमा विद्यालयमा मल्टिमिडिया कक्ष, आधुनिक विज्ञान प्रयोगशाला, ई–पाटी र कम्प्युटर ल्याब स्थापना गरिएको विद्यालयको पूर्वविद्यार्थी सङ्घका अध्यक्ष डा हेमराज शर्माले बतानुभयो । “हामीले विगतमा जुन दुःखले अध्ययन गरे पनि अहिलेका विद्यार्थीलाई यस्तो नहोस् भन्ने हाम्रो चाहना हो”, शर्माले भन्नुभयो, “विद्यालयलाई पूर्णरूपमा प्रविधिमैत्री बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ ।” 

विद्यालयमा स्थापना गरेको मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याब तथा विज्ञान प्रायेगशाला नियमित सञ्चालनमा ल्याउनका लागि समेत पूर्वविद्यार्थीले रु ५० लाखको अक्षयकोष विद्यालयमा स्थापना गरेको  शर्माले जानकारी दिनुभयो । विद्यालयमा स्थापना गरेको अक्षयकोषकोे ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षक व्यवस्थापनसँगै प्रविधिको मर्मतसम्भार गरिने विद्यालयले जनाएको छ ।  

विद्यालयमा हाल एक मल्टिमिडिया सेन्टर, १९ थान कम्प्युटर, ४० थान ई–पाटी तथा नयाँ प्रविधिसहितको विज्ञान प्रयोगशाला रहेको छ ।  विद्यालयमा स्थापना भएको मल्टिमिडियामार्फत अन्य जिल्लामा नमूना रूपमा परिचित विद्यालयमा अध्यापन भइरहेको समेत प्रत्यक्षरूपमा देखाउन सकिनेछ । विद्यालयमा प्रविधि शिक्षा प्रदान गर्नका लागि प्राविधिक शिक्षक तत्काल पठाउने तयारी भएको पूर्वविद्यार्थी सङ्घले जनाएको छ ।  

विद्यालयमा स्थानीय समाजसेवी स्व हिरण्यप्रसाद ढकालको स्मृतिमा उहाँकी धर्मपत्नी जानुका ढकाल र उहाँका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकाल र हेमराज ढकालद्वारा  रु छ करोड २४ लाखको लागतमा १६ कोठे अपाङ्गमैत्री आधुनिक विद्यालयसमेत निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । सुविधासम्पन्न भवनले मात्र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने भन्दै पूर्वविद्यार्थीले विद्यालयलाई प्रवधिमैत्री बनाउन सक्रियता देखाएका हुन् । 

कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा हाल ३८८ विद्यार्थी छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै