Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दार्चुला दुई दिनदेखि अन्धकारमा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ १९, दार्चुला । विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको छ ।

चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो ।

गर्मीको समयमा दुई दिनदेखि बत्ती नआउँदा स्थानीयवासी समस्यामा परेका छन् । नेपालको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको दुई दिनसम्म मर्मत गर्न नसक्दा पूरै जिल्ला अन्धकारमा छ । भारतबाट आयात गरिएको ८०० किलोवाट विद्युत् कटौती गरिएपछि जिल्लावासी झन् समस्यामा परेको हो ।

प्राधिकरणका कर्मचारी मीनराज पन्तका अनुसार विद्युत् सुचारु गर्न कर्मचारी पठाइएको भए पनि सामान टुटफुट हुँदा अझै समय लाग्ने बताउनुभयो ।

शैल्यशिखर नगरपालिकाको वडा नं ६ ग्वानीमा विद्युत्को फल्ट पत्ता लागेको छ । अन्य क्षेत्रमा कस्तो छ भन्ने त्यस क्षेत्रमा लाइन चार्ज गरे मात्रै थाहा हुन्छ, उहाँले भन्नुभयो । बजारमा बत्ती नहुँदा स्थानीयवासी भने भारतीय बजारमा गएर मोबाइल चार्ज गर्न जान थालेका छन् । धारचुलाका चिनेका आफन्त र व्यापारीकहाँ गएर मोबाइल चार्ज गर्नुपरेको खलङ्गाका स्थानीयवासी मङ्गलसिंह ह्याकीले बताउनुभयो ।

शनिबार पानी परेर गर्मीको अनुभव भएन । आज पनि बत्ती आएन भने त यस्तो गर्मीमा कसरी बस्ने । बत्ती नहुँदा अस्पतालका बिरामीसमेत मार्कामा छन् ।

जिल्लाका सञ्चारमाध्यम रातिको समयमा बन्द हुने गरेका छन् । विद्युत्बाट चल्ने बजारका पसलको कामकाज ठप्प छ । स्थानीय व्यापारी राजेन्द्र बडुले भन्नुभयो, “ विद्युत् आपूर्ति बन्द हुँदा पत्रपत्रिका दुई दिनदेखि छापिएको छैन । मेसिन चलाउने बत्ती नहुँदा फ्ल्याक्स प्रिन्ट, अपसेट, फोटोकपी मेसिन, फोटो स्टुडियोको काम समेत प्रभावित भएको छ ।”