Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा हावाहुरीले एक बालिकाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २०, कावासोती&nbsp;</b>। आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी&nbsp; बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिनुभयो । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।</p><p>हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उहाँले बताउनुभयो । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पु¥याएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिनुभयो ।&nbsp; हावाहुरीले घरको छानो उडाइदिएको छ । हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।&nbsp;रासस<br></p>