Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : ताराखोला गाउँपालिकाले दियो रोजगारी

२०७६, २१ जेष्ठ मंगलवार १३:१६

जेठ २१, गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ९५ जनाले एकैसाथ रोजगार पाएका छन् । नेपाल सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत ९५ जनालाई रोजगारी प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

 गाउँपालिकाले आज औपचारिक कार्यक्रमको आयोजना गरी ९५ जनालाई २२ दिनसम्मका लागि श्रममा आधारित रोजगारी प्रदान गर्ने घोषणा गरेको हो । गाउँपालिका–५ मा आठ वटा श्रमिक समूह बनाएर सडक मर्मत गर्ने कामका लागि खटाएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । 

सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगारको तथ्याङ्क सङ्कलन गरी रोजगारी दिन थालेको हो । ताराखोला गाउँपालिकामा मात्र ८०० बेरोजगार रोजगारीका लागि सूचीकृत भएकामा विभिन्न आधार छनोट गर्दा २८ महिला तथा ६७ पुरुष गरी जम्मा ९५ जनालाई पहिलो चरणमा रोजगारी प्रदान गरेको ताराखोला गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले बताउनुभयो । 

जिल्लामै पहिलोपटक ताराखोला गाउँपालिकामा बेरोजगारलाई रोजगारी प्रदान गरिएको हो । रोजगारी प्रदान गरेको ९५ जनालाई सडक मर्मत सम्भारमा खटाइने तयारी भएको गाउँपालिकाले जनाएको छ । घोषणा कार्यक्रममा रोजगार प्रदान गरेका कामदारहरुलाई रु चार लाख ५० हजार बराबरको सडक मर्मतका लागि आवश्यक सुरक्षा पोशाक, गैची, बेल्चा, घन, बाउँसो, हँसियाजस्ता आवश्यक औजारसमेत हस्तान्तरण गरिएको थियो । 

“कामका आधारमा हुने भेदभावको अन्त्य गरौँ’ भन्ने नाराका साथ पाँचवटै वडाका महिला तथा पुरुषलाई रोजगारी प्रदान गरिएको छ”, रोजगार संयोजक थापाले भन्नुभयो, “छोटो समयलाई भए पनि रोजगारी प्रदान गर्न सफल भएका हौँ ।” प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार प्रदान गर्नका गाउँपालिकामा रु २१ लाख बजेटले विनियोजन गरेको छ ।

गाउँको विद्यालयमा कम्प्युटर शिक्षा

 बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्छन् ।

कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको थियो । “हरेक दिन ४५ मिनेटको कम्प्युटर कक्षा हुन्छ”, प्रधानाध्यापक रामबहादुर केसीले भन्नुभयो, “विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै रुपमा सिक्छन् ।”

कम्प्युटर शिक्षक प्रेमप्रसाद गौतमका अनुसार ‘वर्ड’, ‘एक्सल’, ‘पावर पोइण्ट’, ‘प्रोग्राम डिजाइन’लगायतका विषयमा पढाइ हुन्छ । वार्षिक रुपमा ५० अङ्कको लिखित र ५० अङ्कको प्रयोगात्मक परीक्षा हुन्छ । 

विद्यार्थीले रुचिपूर्वक कम्प्युटर विषय पढ्ने, सिक्ने गर्छन् । विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि २० वटा कम्प्युटर छन् । शिक्षकले कम्प्युटर र ‘स्मार्ट बोर्ड’बाट विद्यार्थीलाई पढाउँछन् । कक्षागत रुपमा पढाउने विषय पनि फरक छन् ।

कम्प्युटर विषयमा विद्यार्थीको आकर्षण बढेपछि थप कम्प्युटर र सन्दर्भ सामग्रीको खाँचो रहेको शिक्षक गौतमले बताउनुभयो । विद्यार्थीको पढाइ अनुगमन पनि कम्प्युटरबाटै हुन्छ । “हरेक विद्यार्थीसँग पुग्नु पर्दैन”, कम्प्युटर शिक्षक गौतमले भन्नुभयो, “अगाडिको कम्प्युटरबाट सिकाउन, गल्ती भए सच्चाउन सकिन्छ ।”

विद्यार्थीले पढ्ने बेला गरेका गतिविधि पनि कम्प्युटरबाटै निगरानी हुने गर्छ । कम्प्युटरमा पढाइभन्दा बाहेक अनावश्यक काममा विद्यार्थी भुल्न पाउँदैनन् । विद्युतीय पुस्तकालयका रुपमा पनि कम्प्युटर कक्षाको प्रयोग हुँदै आएको छ । 

विभिन्न विषयका पुस्तक तथा अन्य सन्दर्भ सामग्री कम्प्युटरबाटै पढ्न पाइने व्यवस्था छ । शिक्षकदेखि सबै व्यवस्थापनका काम विद्यालय आफैँले गर्दै आएको छ । कम्प्युटर कक्ष स्थापनाका लागि ‘एडुटिच नेपाल’ले रु दश लाख बराबरको उपकरण र फर्निचर उपलब्ध गराएको थियो ।

विद्यालयमा आधुनिक र प्राविधिक विषयको पढाइलाई जोड दिइनुपर्ने वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । “पुस्तक मात्र पढाएर हुँदैन, विद्यार्थीलाई सीपयुक्त बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “कम्प्युटर विषयको पढाइले गाउँका विद्यार्थीलाई पनि प्रतिस्पर्धी हुन सघाएको छ ।” 

राज्य तहबाटै कम्प्युटरलगायतका प्राविधिक विषयको पठनपाठनमा विशेष योजना ल्याउनुपर्ने उहाँको भनाइ छ । जिल्लाका अन्य विद्यालयमा पनि कम्प्युटर शिक्षाको पढाइ हुन्छ । कतिपय विद्यालयमा दक्ष शिक्षकको अभावमा कम्प्युटर शिक्षा प्रभावहीन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै