२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संकट समाधानको लागि प्रमुख दल मिल्नुपर्ने

२०७२, १ माघ शुक्रबार १४:२९

Champadevi khadkaकृष्ण कँडेल । माघ १, गलकोट । माघे सक्रान्तिमेला हिलमा भएको कार्यक्रममा बोल्दै सांसद चम्पादेवि खड्काले खड्काले देशमा देखिएको संकट समाधानको लागि प्रमुख दलहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

उहाँले आफुलाई निर्वाचित गरेर संविधान निर्माणको जिम्मेवारी प्रदान गरेका नागरिकलाई धन्यवाद दिँदै आफुले पाएको जिम्मेवारी पुरा गरेको बताउनुभयो । बागलुङ क्षेत्र नम्वर–१ बाट प्रत्यक्ष निर्वाचित खड्काले गलकोट क्षेत्रको विकाशमा सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले हिलका मगर जातिको आफ्नै संस्कृति र पहिचान रहेको भन्दै मगरहरुको ठुलो पर्व माघेसक्रान्तिमेलाको अवसरमा शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रमम बोल्दै नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सचिव दिवश खत्रीले मुलुकमा संकट परेका बेला समेत सत्ताधारी पार्टी गम्भिर बन्न नसकेको भन्दै सरकारले नागरिकका समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सचिव खत्रीले नेपालको शिक्षा प्रणालीलाई बैज्ञानिक र व्यवहारिक बनाउन सकेमात्र सिपयुक्त जनशक्ति उत्पासदन गरि राष्ट्रलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।

संघिय समाजबादी फोरम नेपाल बागलुङका अध्यक्ष यामबहादुर घर्तीले नयाँ संविधानमा आदीवासी, जनजातीका मुद्धा नसमेटिएको भन्दै उत्पिडित बर्गको पक्षमा संबिधान बनाउन दवाव आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले माहिलाहरुले आफ्नो क्षमता विकाश गरि समाजको नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

मेलाको अवसरमा भएको खुल्ला वडा स्तरिय पुरुश भालिवल प्रतियोगितामा देउराली युवा क्लव हिल–६ र आयोजक माघे सक्रान्ति मेला व्यवस्थापन समिति हिल–४ पाँधेराखोला फाईनल प्रवेश गरेका छन् । खुल्ला धनुषबाँण प्रतियोगितामा होली पुर्णिमा युवा क्लव तारा–५ लाबाङ प्रथम र आयोजक माघे सक्रान्ति मेला द्वितिय भएका अध्यक्ष निरज बागालेले जानकारी दिनुभयो ।

क्यारमबोर्ड प्रतियोगितामा होलिपुर्णिमा युवा क्लब तारा–५ प्रथम र आयोजक द्वितिय भएका छन् । कार्यक्रमको अवसरमा स्थानिय सोरठी गित तथा नाच, जनजातीले बजाउने नौमति पञ्चेबाजा सहित प्रगतिशिल आमा समुहको भजन समेत प्रश्तुत गरिएको सचिव दलप्रसाद बुढाथोकीले बताउनुभयो । वडा स्तरिय पुरुश भालिवलको फाईनल तथा सांस्कृतिक कार्यक्रम सहित भोली मेलाको समापन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने