२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संकट समाधानको लागि प्रमुख दल मिल्नुपर्ने

१ माघ २०७२, शुक्रबार १४:२९

Champadevi khadkaकृष्ण कँडेल । माघ १, गलकोट । माघे सक्रान्तिमेला हिलमा भएको कार्यक्रममा बोल्दै सांसद चम्पादेवि खड्काले खड्काले देशमा देखिएको संकट समाधानको लागि प्रमुख दलहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

उहाँले आफुलाई निर्वाचित गरेर संविधान निर्माणको जिम्मेवारी प्रदान गरेका नागरिकलाई धन्यवाद दिँदै आफुले पाएको जिम्मेवारी पुरा गरेको बताउनुभयो । बागलुङ क्षेत्र नम्वर–१ बाट प्रत्यक्ष निर्वाचित खड्काले गलकोट क्षेत्रको विकाशमा सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले हिलका मगर जातिको आफ्नै संस्कृति र पहिचान रहेको भन्दै मगरहरुको ठुलो पर्व माघेसक्रान्तिमेलाको अवसरमा शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रमम बोल्दै नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सचिव दिवश खत्रीले मुलुकमा संकट परेका बेला समेत सत्ताधारी पार्टी गम्भिर बन्न नसकेको भन्दै सरकारले नागरिकका समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सचिव खत्रीले नेपालको शिक्षा प्रणालीलाई बैज्ञानिक र व्यवहारिक बनाउन सकेमात्र सिपयुक्त जनशक्ति उत्पासदन गरि राष्ट्रलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।

संघिय समाजबादी फोरम नेपाल बागलुङका अध्यक्ष यामबहादुर घर्तीले नयाँ संविधानमा आदीवासी, जनजातीका मुद्धा नसमेटिएको भन्दै उत्पिडित बर्गको पक्षमा संबिधान बनाउन दवाव आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले माहिलाहरुले आफ्नो क्षमता विकाश गरि समाजको नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

मेलाको अवसरमा भएको खुल्ला वडा स्तरिय पुरुश भालिवल प्रतियोगितामा देउराली युवा क्लव हिल–६ र आयोजक माघे सक्रान्ति मेला व्यवस्थापन समिति हिल–४ पाँधेराखोला फाईनल प्रवेश गरेका छन् । खुल्ला धनुषबाँण प्रतियोगितामा होली पुर्णिमा युवा क्लव तारा–५ लाबाङ प्रथम र आयोजक माघे सक्रान्ति मेला द्वितिय भएका अध्यक्ष निरज बागालेले जानकारी दिनुभयो ।

क्यारमबोर्ड प्रतियोगितामा होलिपुर्णिमा युवा क्लब तारा–५ प्रथम र आयोजक द्वितिय भएका छन् । कार्यक्रमको अवसरमा स्थानिय सोरठी गित तथा नाच, जनजातीले बजाउने नौमति पञ्चेबाजा सहित प्रगतिशिल आमा समुहको भजन समेत प्रश्तुत गरिएको सचिव दलप्रसाद बुढाथोकीले बताउनुभयो । वडा स्तरिय पुरुश भालिवलको फाईनल तथा सांस्कृतिक कार्यक्रम सहित भोली मेलाको समापन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव