2026-09-14 01:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका दुई तालमा दुई शव फेला

जेठ २२, कास्की | पोखरा–३१ स्थित बेगनास तालमा एक व्यक्ति मृत फेला परेका छन् । उनको नाम र ठेगाना खुल्न नसकेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।

यस्तै पोखरा–६ गौरीघाटस्थित रत्नमन्दिरको प्रवेशद्वार अगाडि फेवा तालमा सिन्धुपाल्चोकको बाँणे गाउँका २७ वर्षीय थविन्द्र कोइरालाको शव फेला परेको छ । 

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । 

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

गण्डकी प्रदेश सभामा आज प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आगामी जेठ २४ गते शुक्रबार हुने भएको छ ।

गण्डकी प्रदेशसभामा आज दिनको ३ बजे प्रदेश प्रमुख बाबुराम कुँवरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मावलम्बीको पर्व इदुल्ल फित्र परी नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका कारण उक्त कार्यक्रम आगामी २४ गते दिनको ३ बजे गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ