२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सगरमाथाको उचाइ नाप्ने गौतम सम्मानित

२२ जेष्ठ २०७६, बुधबार १६:०६

जेठ २२, काठमाडौँ | विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने टोलीका प्रमुख इञ्जिनीयर खिमलाल गौतमलाई सम्मान गरिएको छ । माछापुछ्रे गाउँपालिका–६ धितालका बासिन्दा गौतमलाई आज विश्व वातावरण दिवसका अवसरमा वडा कार्यालयले सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङ र उपाध्यक्ष कृष्ण दवाडीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । जिल्ला नापी कार्यालय कास्कीको प्रमुख नापी अधिकृतका रुपमा कार्यरत गौतम नेतृत्वको टोलीले यही जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेर एक घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाइ सर्वेक्षण गरेको थियो । गाउँपालिका अध्यक्ष गुरुङले सगरमाथाको उचाइ नाप्ने जस्तो ऐतिहासिक र साहसिक काम सम्पन्न गरेर गौतमले गाउँपालिकाको मात्र नभई समग्र देशको इज्जत र प्रतिष्ठा राख्नुभएको बताउनुभयो । 

सम्मानित व्यक्तित्व गौतमले पहिलोपटक नेपाल आफैँले सगरमाथाको उचाइ सर्वेक्षण गरेको र प्राप्त सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरी छ महीनाभित्र वास्तविक उचाइ सार्वजनिक गरिने बताउनुभयो । कार्यवाहक वडाध्यक्ष लोकराज अधिकारीले सम्पूर्ण वडावासीकोतर्फबाट गौतमलाई सम्मान गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल