२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सगरमाथाको उचाइ नाप्ने गौतम सम्मानित

२०७६, २२ जेष्ठ बुधबार १६:०६

जेठ २२, काठमाडौँ | विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने टोलीका प्रमुख इञ्जिनीयर खिमलाल गौतमलाई सम्मान गरिएको छ । माछापुछ्रे गाउँपालिका–६ धितालका बासिन्दा गौतमलाई आज विश्व वातावरण दिवसका अवसरमा वडा कार्यालयले सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङ र उपाध्यक्ष कृष्ण दवाडीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । जिल्ला नापी कार्यालय कास्कीको प्रमुख नापी अधिकृतका रुपमा कार्यरत गौतम नेतृत्वको टोलीले यही जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेर एक घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाइ सर्वेक्षण गरेको थियो । गाउँपालिका अध्यक्ष गुरुङले सगरमाथाको उचाइ नाप्ने जस्तो ऐतिहासिक र साहसिक काम सम्पन्न गरेर गौतमले गाउँपालिकाको मात्र नभई समग्र देशको इज्जत र प्रतिष्ठा राख्नुभएको बताउनुभयो । 

सम्मानित व्यक्तित्व गौतमले पहिलोपटक नेपाल आफैँले सगरमाथाको उचाइ सर्वेक्षण गरेको र प्राप्त सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरी छ महीनाभित्र वास्तविक उचाइ सार्वजनिक गरिने बताउनुभयो । कार्यवाहक वडाध्यक्ष लोकराज अधिकारीले सम्पूर्ण वडावासीकोतर्फबाट गौतमलाई सम्मान गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो