२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको दुप्चेश्वरमा प्रहरी चौकी निर्माण

२३ जेष्ठ २०७६, बिहीबार ०२:३६

जेठ २३, नुवाकोट (रासस) | नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित समुन्द्रटारमा सुविधासम्पन्न प्रहरी भवन निर्माण गरिएको छ । सो भवनको बुधबार प्रदेश नं ३ प्रहरी कार्यालय हेटाँैडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गर्नुभयो ।

विसं २०७२ वैशाख १२ को भूकम्पका कारण अस्थायी त्रिपाल र कटेजमा बस्दै आइरहेका प्रहरीले अहिले तीनतले नयाँ भवनमा बस्न पाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको रु ८९ लाख ७७ हजारको बजेटबाट सो भवनको निर्माण गरिएको हो । 

प्रहरी नायब महानिरीक्षक थापाले भन्नुभयो, “त्रिपाल, टहरा र कटेजमा बसी नागरिकको सेवा र सुरक्षामा दिनरात खटिएका नेपाल प्रहरीले अब आफ्नै नयाँ भवनमा बसेर सेवा दिनेछन् । नागरिकका समस्यालाई अझ बढी हल गर्ने, सेवा प्रदान गर्नेलगायतका कुरामा प्रहरीले मनन् गर्नु आवश्यक छ ।” 

त्यस्तै कार्यक्रममा प्रहरी प्रमुख नुवाकोटका कृष्ण पल्लीमगरले १० जनाको दरबन्दी रहेको प्रहरी चौकी समुन्द्रटारमा अहिले पाँच मात्रै कार्यरत रहेकाले र छिट्टै थप जनशक्ति व्यवस्थापन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान