Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जनता आवास कार्यक्रम मार्फत घर निर्माण भएपछि दलित समुदायमा छायो खुसी

२०७६, २३ जेष्ठ बिहीबार ०६:५९

सम्राट सिंह, जेठ २३, बझाङ  । सरकारले जनता आवास कार्यक्रम मार्फत दलित समुदायका घर निर्माण गरेपछि दलित समुदायका मानिसहरु खुसी भएका छन ।

सरकारले बझाङमा विभिन्न मापदण्ड अनुसार दलित समुदायका घर निर्माण गरेपछि दलित समुदायका मानिसहरु खुसी भएका हुन ।

जनता आवास कार्यक्रम मार्फत सरकारले गतबर्ष जयपृथ्वी नगरपालिका १० मा ५० घर र थलारा गाउँपालिकामा ५० घर निर्माण गरेको थियो ।


बर्षादको समयमा पनि पाल अथवा चुहिने छानोका भरमा दिनरात गुजारी रहेका दलित समुदायका बासिन्दाहरुलाई सरकारले जनता आवास कार्यक्रम मार्फत २ कोठे भवन निर्माण गरिदिएपछि राहत मिलेको छ ।

सरकारको जनता आवास कार्यक्रम गरिब दलित समुदायका लागि भएको तर पहुँचको आधारमा हुनेखाने दलित समुदाय घर निर्माण भएको केहि दलित बासिन्दाहरुको आरोप छ । 

सरकारले दलित समुदायका गरिब परिवारलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गरेपछि आफु एकदमै सन्तुष्ट भएको जयपृथ्वी नगरपालिका १० का प्रेम बहादुर सुवर्णकारले बताए ।


सरकारले गतबर्ष जनता आवास कार्यक्रम मार्फत नै बझाङका चैनपुरका ४ वटा बादी समुदायका घर निर्माण गरेको थियो । जनता आवास कार्यक्रम अन्र्तगत घर निर्माण भएपछि हाल बादी समुदायका बासिन्दाहरुले ओभानोमा सुत्न पाएका छन । 

सरकारले बादी समुदायका घर निर्माण गरेर एकदमै राम्रो काम गरेको जयपृथ्वी नगरपालिका १० की राधिका सुनारले बताइन् ।

उनले भनिन् यसरी चुने छानोमुनी बसेर जिवन गुजारी रहेका बादी समुदायका बासिन्दाहरुले घर निर्माण भएपछि स्वतन्त्र रुपमा बस्न पाएका छन । 

जनता आवास कार्यक्रम अन्र्तगत बादी समुदायका घर निर्माण को जिम्मा स्थानिय ठेकदार तथा जयपृथ्वी नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर बिष्टले लिएका थिए ।  

बादी समुदायका ४ वटा घर जनता आवास कार्यक्रम मार्फत निर्माण भएको बताउँदै वडा अध्यक्ष दल बहादुर बिष्टले जनता आवास कार्यक्रम को बजेटले मात्र नभएर बादी समुदायका घर निर्माण गर्न आफ्नो व्यक्तिगत खर्च समेत भएको बताए । 

फोटो क्याप्सन :बझाङमा जनता आवास कार्यक्रम अन्र्तगत निर्माण भएका घर तस्बीर सम्राट सिंह 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै