Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम बडिगाडमा सम्पन्न

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल पौडेल | जेठ २३, बागलुङ | बडिगाड महिला तथा बालवालिका शसक्तिकरण केन्द्रको आयोजनामा तथा बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा २ दिने प्रजनन् स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बडिगाड गाउँपालिका भित्रका १३ ओटा माध्यमिक विद्यालय मध्य ६ विद्यालयका ८/८ जना गरि ४८ जना विद्यार्थीहरुलाई भिमगिठे माविमा र ७ विद्यालयका ८/८ जना गरि ५४ जना विद्यार्थीहरुको लागी भानु मावि ग्वालीचौरमा सो कार्यक्रम गरिएको छ ।

यसै विच भानु माविमा बुधवार भएको समापन कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. ५ का अध्यक्ष अर्जुन खरेलले आगामी वर्षको वजेटमा बालवालिकाको क्षेत्रमा थप कार्यक्रम गर्ने गरि वजेट व्यावस्थापन गर्नुपर्ने बताउनु भएको छ। भानु माविका प्रधानाध्यापक केशव खरेलले शसक्तिकरण केन्द्रलाई बालवालिकाको काम गर्न विद्यालय संग जोडिनुपर्ने बताउनु भयो ।

पत्रकार कमल पौडेलले विद्यालयमा गठन भएका बाल क्लव, रेडक्रस, स्काउट जस्ता संस्थालाई क्रियाशिल गराउनुपर्ने भन्दै त्यसको लागी गाउँपालिकाले पनि सहयोग गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा विद्यार्थीहरुको तर्फवाट विमल घर्ति र मनिषा थापाले तालिमले सकारात्मक प्रभाव पारकोको बताउनुभएको छ ।

तालिमको स्वास्थ्यकर्मि निरञ्जन यादव र दिपेन्द्र केसिले सहजिकरण गर्नुभएको थियो। समापन कार्यक्रम शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता तथा सचिव माया केसिको सञ्चालनमा सम्पन्न भएको थियो ।