2026-09-13 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पत्रकारहरुले आज शुरु भएको कामको परिणाम एक महिनामा खोज्नु हुँदैन : मन्त्री बाँस्कोटा

जेठ २४ ,दाङ्(रासस जेठ २४ ,दाङ्(रासस )सञ्चार तथा सूचना प्रविधिमन्त्री  गोकुलप्रसाद बाँस्कोटाले सकारात्मक समाचारले नै मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ हेमन्तपुरस्थित रेडियो नेपाल प्रदेश नं ५ को प्रादेशिक प्रसारण कार्यालयको शुभारम्भ तथा रेडियोको नयाँ भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले रेडियो नेपाल जनताको सम्पत्ति र सबैको  साझा संस्था भएको बताउनुभयो । 

“विकास क्रमिक रुपमा हुने कुरा हो, अहिले शुरु गरे त्यो परिमाण, दुई÷तीन वर्षमा देखिन्छ, पत्रकारहरुले पनि आज शुरु भएको कामको परिणाम एक महिनामा खोज्नुु हुँदैन”, उहाँले भन्नुभयो । मुलुकमा तीव्र  प्रविधिको विकास भएसँंगै सबै नागरिकलाई कम्प्युटरमा पहुँचमा ल्याउने गरी सरकारले काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।  उहाँले  दाङमा टेलिकमका छ वटा टावर निर्माण भइरहेको र  अबको एक वर्षभित्र फोर जी सेवासमेत शुरु हुनेगरि काम अघि बढेको बताउनुभयो ।

रेडियोले दाङबाट ९८ मेगाहर्जमा दैनिक ३ बजेदेखि ६ बजेसम्म प्रसारण गर्नेछ  भने रोल्पामा १०३३ मेगाहर्जबाट प्रसारण गर्नेछ । रेडियोले चौधरी, अवधी, मगरलगायत भाषाबाट समाचार प्रसारण गर्नेछ । रेडियोले प्रदेश नं ५ को कला, संस्कृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताउनुभयो ।  सो अवसरमा मन्त्री बाँस्कोटाले रेडियो नेपालको नयाँ भवनको समेत शिलान्यास गर्नुभयो । रु दुई करोड १७ लाख ७६ हजार लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माणको जिम्मा ड्रागण शिवालय चौरी जेभीले पाएको छ ।

 सञ्चार मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको उक्त भवनको काम नौ महिनामा पूरा हुनेछ । त्यस अवसरमा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य रेखा शर्मा, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, राष्ट्रियसभा सदस्य कोमल ओली, प्रदेश नं ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन