2026-07-11 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बर्थिङ सेन्टर सञ्चालनमा

2019-06-08


जेठ २५ , बाग्लुङ |बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ को पालामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकारको बहुवर्षे कार्यक्रमअन्तर्गत रु एक करोड ६२ लाखको लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो । भवन सम्पन्न भएर उपचार सेवा पनि सञ्चालनमा आएपछि शुक्रबार गाउँपालिका अध्यक्ष अमर थापाले भवनको उद्घाटन गर्नुभयोे । उहाँले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्यचौकी भवन उपयोगी भएको बताउनुभयो । 

नियमित स्वास्थ्यकर्मी बस्नुपर्ने भएकाले वडा तहबाट आवास व्यवस्थापन र स्वास्थ्यचौकीसम्म सहज सडक निर्माणका लागि रु पाँच लाख लगानी गरिएको वडाध्यक्ष खड्ग थापाले बताउनुभयो । “गाउँमै सहज स्वास्थ्य सेवा सञ्चालनका लागि पूर्वाधार मात्र भएर पुग्दैन, सामग्री पनि चाहिन्छ भनेर हामीले सहयोग गरेका हौँ”, थापाले भन्नुभयोे, “स्वास्थ्यकर्मीलाई गाउँमै बस्ने र रमाउने वातावरण दिन पनि हामीले सहयोग गरेका छौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट