Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

२०७६, २५ जेष्ठ शनिबार ०३:३८


जेठ २५ ,तनहुँ |चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । चितुवाले बालिकालाई घरबाटै आक्रमण गरी लगेको र उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा फेला परेको थियो । प्रहरीका अनुसार बालिकाको घाँटीमा चितुवाले चिथोरेको डाम छ भने शरीरका अन्य भागमा कुनै क्षति छैन । 

चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र एक बालिकाको मृत्यु भइसकेको छ । । चितुवाको आक्रमणमा परी मृत्यु भएका उनीहरुलाई यसअघि नै राहतबापतको रु दश लाख प्रदान गरिसकिएको छ । गत माघ महीनामा भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा दुई वटा चितुवा मृतावस्थामा फेला परे पनि पुनः चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।(रासस )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित