२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

संविधानले ब्यबस्था गरेको ,जातीय छुवाछुत तथा भेदभावको अझै अन्त्य भएन

२५ जेष्ठ २०७६, शनिबार ०३:४८

 

जेठ २५,पाल्पा | राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना प्रदेश नम्बर २ मा रहेको बताउनुभएको छ । 

दोस्रोमा ६ नम्बर, तेस्रोमा सात र पाँच नम्बर प्रदेशमा जातीय भेदभाव तथा छुवाछूत घटना रहेको सदस्य वस्तीले बताउनुभयो । आयोगले आयोजना गरेको जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार विषयक अन्तक्र्रियामा वस्तीले दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतका घटना नरोकिएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले कानूनका दृष्टिले सबै समान रहेको बताउँदै समाजमा छुवाछूत व्याप्त रहेको बताउनुभयो । “सचेत मानिसमा छुवाछूत छैन”, उहाँले भन्नुभयो ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की भन्नुहुन्छ, “जातीय छुवाछूतजस्तो समस्यालाई न्यूनीकरणका लागि पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।” बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले २१ औँ शताब्दीमा जातीय छुवाछूतसम्बन्धी कुरा गर्न बाध्य हुुनुपरेको बताउनुभयो । उहाँले नेपालको संविधानमा दलित, महिला र अपाङ्गमैत्री बने पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी, वीरेन्द्रकुमार यादवले प्रहरी प्रमुख विश्वमणि पोखरेलले जातीय छुवाछूतका घटना जनचेतनाको कमीकै कारण नभएको बताउनुभयो । आयोग प्रदेश नम्बर ५ का निर्देशक सम्झना शर्माले जातीय छुवाछूतको विधि र शैली मात्र फरक भएको बताउनुभयो । 

कार्यक्रममा दलित अधिकारकर्मी, प्राध्यापक, वृद्धिजीवी तथा पत्रकारले जातीय छुवाछूत अन्त्यका लागि दलित समुदायको आर्थिक, शैक्षिक, सामाजिक–सांस्कृतिकलगायतका क्षेत्रमा उत्थानका लागि विशेष कार्यक्रम सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । पाल्पामा विद्यालय, मन्दिर, कुवा धारा, तथा मेलापात, प्रेम विवाह जातीय आधारमा छुवाछूत रहेको बताइएको थियो ।(रासस )


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला