४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

१ सय १० वर्षिय कंगन थारु फलातिनीसँग खेल्दै

२७ जेष्ठ २०७६, सोमबार ०१:१६

माधव बेल्वासे | जेठ २७, कपिलवस्तु (चन्द्रौटा) | शरिरको छाला चाउरी परेको । दारी/कपाल सेतै फुलेको । फलातिनीसँग रमाउदै थिए, कंगन थारु । १ सय १० वर्षिय कंगन थारुले कान कम सुन्छन् । शारिरिक रुपमा अझै शसक्त देखिने थारुको उमेरले नेटो काटेपनि काम भने युवा पुस्ताले जस्तै गर्छन् । विहान सवेरै उठेर घासपातमै ब्यास्त हुने गर्दछन् । 

कपिलवस्तुको विजयनगर गाउँपालिका १ गोवरहवा बस्ने थारुले छोरा नाती पलाती हुँदै फलाती समेत देखिसकेका छन् । उनका छोराहरु पनि वृद्ध भइसकेका छन् भने नातिहरु पनि ४० वर्ष कटिसकेका छन । कान कम सुन्ने भएकाले उनिसँग कुरा गर्दा अलि चिच्याउनु पर्छ । आँखाले भने राम्रो भ्यु पाउँछन् । गाउँलेहरु सवैले हजुरवा भन्ने सम्वोधन गर्छन् । उनका २ वटा छोरा, ५ वटा नाति, ६ वटा नातिनि, १० वटा पलाती पलातीनि, ३ वटा फलाती रहेका छन् ।


विहिवार उनि आफ्नी फलातिनी खेलाउदै थिए । हामी पुग्दा आश्चार्य मानेका थारुले आफूसँगका साथिभाई कोहि पनि नरहेको वताए । उनि भन्छन् – “मसँगका अरु त सवै मरिसके अव मेरो पालो छ” । क्यमरामा उनको फोटो कैद गर्दा उनि खटियमा बसेका थिए । ‘यो समय सम्म वाच्छु बस्ने आशा थिएन खै कसरी बाँचे’–उनले भने ।

गाउँपालिकाकै सवैभन्दा वृद्ध रहेका कंगनलाई भेटन गाउँपालिकाका अध्यक्ष गोपाल थापा पनि पुगेका थिए । अध्यक्ष थापाले साउनदेखि मासिक ३ हजार पाउनुहुन्छ भनेपछि कंगनको मुहारमा खुसी छाएको थियो । थापाले शारिरिक अवस्था सोध्धा रातभरी साह्रै खोकी लाग्यो, विहान उठेर एक गिलास रक्सि पिएको अहिले ठिक भयो, कंगनले हास्दै जवाफ दिएका थिए ।


नेपाली भाषा त्यति नजानेका कंगनसँग थारु भाषामै कुरा गर्नुपर्यो । त्यतिकैमा गाउँपालिकाका अध्यक्ष थापाले गाउँमा के काम गर्दा राम्रो हुन्छ भनेर सोधे । उनको जवाफ थियो–“स्कुलकै छेउमे एक ठु तटबन्धन कर्दियो” । कटानको चपेटामा रहेको उक्त क्षेत्रलाई तन्टबन्धन बनाउने योजना बन्यो  । उक्त स्थलमा पुगि आवश्यक रहेकोले आगामी वर्षमा योजना राख्ने थापाले वताए ।

कंगन थारुसँग थापाले ऐतिहासिक कुराहरु वुझ्न थाले । हजुरवुबा सरहका थारुसँग लामो गफगाफ भयो । थारु अझै २ वर्ष वाच्ने वताउछन् । उनले भाग्यले नलैजादासम्म उमेर पुगेर केहि नहुदो रहेछ भन्ने गर्छन् । विजयनगर गाउँपालिकाले उनि सहित वृद्धवद्धालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ