2026-09-13 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट निर्माण कार्यमा खर्च

सम्राट सिंह | जेठ २७, बझाङ | जिल्लाका बेरोजगार युवाहरुलाई रोजगार दिने उद्घेश्यले सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको अधिकांश बजेट विकास निर्माणमा प्रयोग भएको छ । 

बेरोजगार युवाहरुलाई गाउँ–गाउँमा रोजगार दिने उध्यश्यले सरकारले स्थानिय तहमा पठाएको बजेट विकास निर्माणका योजनामा प्रयोग भएको हो ।

जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा गरी १२ स्थानिय तहमा बेरोजगार युवाहरुलाई रोजगार दिने उध्यस्यले सरकारले पठाएको बजेट शौचालय निर्माण, सडक निर्माण, सिंचाई कुलो निर्माण, विद्यालयको खेलमैदान निर्माण, लगायतका विकास निर्माणका योजनामा बनाई रकम निकासा गर्ने गरेको पाइएको छ । 

जिल्लाको थलारा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको ४१ लाख बजेटले खोली बजार प्रबेश सडक निर्माण, वडा नम्बर ९ को कार्यालय जाने सडक निर्माण,सिचाई कुलो मर्मत,भुमेश्वरी प्राविको खेलमैदान निर्माण,र ४ वटा विद्यालयलाई शौचालय निर्माण गरेको छ । 

जिल्लाको जयपृथ्वी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ४७ लाख बजेट आएको छ । नगरपालिकाले प्रत्येक वडामा ४ लाखका दरले रकम बितरण गर्ने कार्यपालिकाको निर्णय भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष केश बहादुर रोकायाले बताए । उक्त कार्यक्रम अन्र्तगत आफ्नो वडामा आएको बजेट सडक निर्माण गर्ने, विद्यालय, खानेपानी लगायतका ठाउँमा खर्च गर्ने उनको भनाइ छ । 

जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट ढिलो आएकाले केहि स्थानिय तहमा रकम खर्च गरेको छैन । जिल्लाका स्थानिय तहमा ३० देखि ५० लाख सम्म रकम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रकम आएको छ । 

जिल्लाको दुर्गाथली गाउँपालिकामा प्रधानमन्त्री  रोजगार कार्यक्रमको बजेट  ३४ लाख छ त्यहाँपनि विकास निर्माणका योजना बनाई रकम खर्च गर्ने निर्णय भएकोले खानेपानी, सडक लगायतका योजना बनाई खर्च गर्ने दुर्गाथली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मिलन जाग्रीले बताए । उनले भने “प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडामा ४ लाख ३८ हजार बजेटले वडा भित्रका ३०/४० जना युवाहरुलाई परिचालन गरी खानेपानी योजना निर्माण गर्न थालेको छु । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले