२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

७० बर्षको उमेरमा घर आगनमै नागरिकता पाउदा जानसरा खुसी (फोटो फिचर)

२७ जेष्ठ २०७६, सोमबार १६:०८

दान बहादुर बुढा | जेष्ठ २७, मुगु | मुगु जिल्लाको अति बिकट मानिएको सोरु गाँउपालिकाका वडा नम्बर ६ बस्ने बर्ष ७० की जानसर कार्कीले ७० बर्षको उमेर सम्म नेपाली नागरीता नपाउदा निकै दुखी थिईन् तर जिल्ला प्रशासन कार्यालयको आयोजना तथा सरोकार वाला सरकारी कार्यालय र स्थानिय सरकारको आयोजनामा संचालित घुम्ती शिविरबाट घर-आगनमा नै नागरिकता पाउँदा जानसरा कार्की निकै खुसी भएकी छन् ।


आफुसँगैकाले बृद्धभत्ता र अन्य सरकासी सेवा पाएको देख्दा आफ्नो आखाबाट आसु आउथे । उनका अनुसार सरकारले अहिले गरिवको दया देखेर घरदैलोमै आएर नागरिकता दिएको भन्दै उनले खुसि व्यक्त गरिन्, अब बृद्धभत्ता र सरकारी सेवा लिन पाउने भएकोमा निकै खुसी लागेको उनले बताइन ।

जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा  तथा सोरु गाँउपालिकाको सहयोग समन्वय र जिल्ला स्थित बिषयगत सरकारी कार्यालयको सहगागितामा २०७६जेष्ठ २४ गते देखी २०७६जेष्ठ २६ गते सम्म तीन दिने एकिकृत घुम्ती सेवा सोरु गाँउपालिकाको सोरुकोटमा संचालन गरिएको थियो ।


आधा दशक पहिला सरकारी कार्यालयहरुले स्थानिय बासीको गाँउ-घर टोलटोलमा आउदा  सरकारी सेवा पाएका हौँ । त्यसपछि सामान्य औषिधीका टाटा र अन्य केही सेवा मात्र पाएका छौ । यो पटक जिल्ला प्रशासन कार्यालय र स्थानिय सरकारको आयोजनामा संचालन गरिएको यो घुम्ती सेवाबाट दुर्गम बिकट बस्तीका हामी बासिन्दाहरु सरकारी सेवा नागरिकता, स्वास्थ्य परिक्षण, लगाएतका अन्य सेवा पाउदा निकै खुसी भएको सोरु गाँउपालिका भिई भिद गाँउकी ६७ बर्षय सपुरा धामीले बताएकी छन । 

तीन दिनसम्म संचालन गरिएको घुम्ती शिविरमा सबैभन्दा पहिले जिल्ला प्रशासन कार्यालयबाट बितरण गरिने नेपाली नागरिकता सोरु गाँउपालिका वडा नम्बर २ बस्ने रोसन शाहीलाई गाँउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले बितरण गरी घुम्ती शिविरको उद्घाटन गरिएको सोरु गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पारस उपाध्याले बताएका छन् ।


जिल्ला प्रशासन कार्यालयबाट घुम्ती शिबिरमा नेपाली नागरिता महिला १ सय ३४ जना पुरुष २ सय ३७ जना र नागरिकताको प्रतिलिपी २१ जना गरी ३ सय ९२ जनालाई नागरीकता बितरण गरिएको मुगु जिल्ला अस्पतालबाट नि-शुल्क स्वास्थ्य औषधी बितरण २ सय ९ महिला, १ सय ४५ पुरुष, ४६ जना बालबालिका गरी जम्मा ४ सय जनाले सेवा पाएको छन् भने मालपोत कार्यालयबाट पुरानै लालपुर्जा खीची नयाँ रातो लालपुजा बितरण १६ जना जग्गा नामसारि २२ जना वण्डपत्र ७ जना गरी ४५ जनाले मालपोत कायलयबाट सेवा लिएका छन् । जिल्ला निर्वाचन कार्यालयबाट १ सय ९८ जना पुरुष, १ सय २९ जना गरी ३ सय २७ जनाले मतदाता नामावलीमा दर्ता गरेको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रबाट स्थानिय १ सय १५ जना पशु कृषकका गाई, गोरु, भेडा बाख्रा, भौसी गरी ३ हजार १ सय ३७ पशु चौपायलाई निशुल्क उपचार तथा औषधी बितरण गरेका छन् । १ सय ५१ जना कृषहरुलाई बिभिन्न जात र थरीका तरकारीका बिउ बिजन गरी ९ सय ६ पिस तरकारीको बिउ बितरण कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्रले बितरण गरेको छ । डिभिजन बन कार्यालय मुगुले बिभिन्न बन सम्बन्धि जनचेतना मुलक प्रचार सामाग्री १ हजार थान बितरण गरेको छ । घरेलु तथा साना उद्योग बिकास समितिबाट ३ जनालाई परामर्श सेवा दिएको एकिकृत घुम्ती सेवा सिबिरका आयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार ढकालले एक प्रतिबेदन सहित सरकारी कार्यालय बाट र स्थानिए सरकार बाट सेवाग्राहीलाई प्रदान गरीएको सेवा बारे जानकारी गराएका छन । 


सदरमुकाम गमगढी बजारबाट दुई दिन टाढा रहेको यो सोरु गाँउपालिका भित्र रहेको स्थानिय जनताहरुले जिल्लामा गएर नागरीकता लगाएत अन्य सरकारी सेवा समयमा लिन नसक्ने भएको हुदा सरकारी सेवाबाट बन्चित रहेको गुनासो निकै आएको हुँदा जिल्ला प्रशासन कार्यालय र अन्य सरोकार वाला निकायहरुसंग लामो समन्वय पछि बल्ला ३ दिने घुम्ती सेवा सन्चालन गर्न सकेका छौ । आजै २/४ दिन घुम्ती सेवा संचालन गर्ने लक्ष्य भए पनि आर्थिक मसान्तमा सरकारी कार्यलयलाई कार्यालयको अन्य काम र स्थानिय सरकारलाई पनि कामको निकै चटारो भएको हुँदा अझै स्थानिय जनताहरुलाई सेवा लक्ष्य अनुसार दिन नसकेको हुँदा स्थानियय जनताहरुलाई पुन: घुम्ती सेवा सन्चालन गर्ने बाचा गर्दै जिल्ला प्रशासन कार्यालय लगाएत अन्य सरकारी कार्यालय धन्यवाद दिदै सोरु गाँउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले ३ दिने घुम्ती सेवा समापन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य