2026-09-13 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा प्रत्यक्ष २५ हजारले रोजगारी पाउँने

भास्कर के.सी | जेठ २८, कञ्चनपुर | कञ्चनपुरको बेदकोट नगरपालिका–२ र ३ मा बन्ने दैजी औद्योगिक क्षेत्रमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । 

मंगलबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले ग्रीड राजदेवी जार्सा जेभीले तयार पारेको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन (इआईए) बारे सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले रोजगारीमा प्राथमिकता दिनुपर्नेमा जोडदिएका हुन् । 

स्थानीयले वातावरणीय प्रभाव नपर्ने गरि औद्यौगिक क्षेत्र विस्तारमा समेत जोडदिएका छन् । स्थानीय हिक्मत सिहले स्थानीयलाई लाभ हुने र जटिबुटी उद्योगमा जोडदिए । उनले चुरेको छेउमा विस्तार हुने औद्योगिक क्षेत्रको फोहोर व्यवस्थापनमा समेत जोडदिए । कृषि क्षेत्रका समेत उद्योग समेट्नुपर्नेमा उनले सुझाव दिए । अर्का स्थानीय सागर सुनारले युवालाई रोजगारी दिने खालका उद्योग स्थापनामा हुनुपर्ने माग गरे । बेदकोटकी महिला अगुवा पार्वती रोस्याराले महिलाका लागि समेत रोजगारी दिने खालका उद्योग स्थापना हुनुपर्ने बताईन । 

‘महिलाले जे काम गर्न सक्छन्, उनीहरुको क्षमता अनुसार रोजगारी दिनुपर्छ, ‘उनले भनिन, ‘महिलालाई समेत रोगजारी दिए औद्योगिक क्षेत्र स्थापना गरिएको सार्थकता पाउँछ ।’ बेदकोटका शिक्षक बुद्धिजिवी एव बैजनाथ माविका प्रअ थिरेन्द्रचन्द्र भट्टले औद्योगिक क्षेत्र विस्तारले सुदूरपश्चिमको विकासका योगदान पुर्याउने बताए । प्रअ भट्टले केमिकलयुक्त मानव हानिकारक उद्योगमा नियन्त्रण गर्नुपर्नेमा सुझाव दिए । 

 बेदकोट उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बहादुर चन्दले औद्योगिक क्षेत्र स्थापना भएपछि बेरोजगारी समस्या हल हुने बताए । उनले उद्योग स्थापना संगै आर्थिक गतिबिधी बढेपछि रोजगार सिर्जना हुने बताए । विभिन्न किसिमका बस्तु उत्पादन हुने भएकाले राष्ट्रिय स्तरमा समेत आफूर्ति गर्न सकिने बताए । औद्योगिक क्षेत्रले गति लिए प्रदेशकै लागि गौरब हुने उनको भनाई छ । 

वातावरण विज्ञ उमेश चन्द्र जोशीले सार्वजनिक सुनुवाई कार्यक्रममा वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा कृषिजन्य, मासु प्रशोधन, जडीबुटी, चिनी, दुग्ध, पिठो मिल, चाउचाउ, कपडा, काठ, बेबी फुड, फलाम, स्टिल, कस्मेटिक, डिस्टिलरी, निर्माण समाग्री, धातु, ईलेक्ट्रिकल गरि १ सय १७ उद्योग प्रस्ताव गरिएको छ । ५ अर्ब, २८ करोड, ९९ लाख, ६८ हजार, १९५ रुपैया खर्च हुने प्रस्ताव गरिएको छ । २ सय ६९.९३ हेक्टर क्षेत्रफलमा निर्माण हुने औद्योगिक क्षेत्रमा बिजुली, पानी, पानी प्रशोधन, फोहोरा पानी प्रशोधन केन्द्र र फोहोरमैला व्यवस्थापन गरिने उल्लेख गरिएको छ । २५ हजारलाई प्रत्यक्ष र एक लाख १५ हजारलाई अप्रत्यक्ष रोजगारी दिईने छ । 

कञ्चनपुरका राजनीतिक दलले समेत दैजी औद्योगिक क्षेत्र विस्तारमा जोडदिएका छन् । नेकपाका जिल्ला अध्यक्ष बीर बहादुर थापा(पातल), नेपाली काँग्रेसका सभापति हरि प्रशाद बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बहादुर बम र नेकपा क्रान्तिकारी माओवादी बैद्य समुहका सचिव हरि सुवेदी(विक्रान्त) ले पनि स्थानीयलाई रोजगारीका साथै समयमै स्थापनामा जोडदिएका छन् । पुर्व संसद एव प्रदेश, संघीय संसदका साथै मन्त्रीले पनि औद्योगिक क्षेत्रलाई यथाघिश्र अघि बढाउनुपर्नेमा जोडदिएका छन् । 

पुर्व संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, पुर्व संसद कृपाराम राना कलसा महरा, सुदूरपश्चिमम प्रदेश सभा सदस्यद्वय महेश दत्त जोशी, लाल बहादुर खडका, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकास बहादुर रावल  र प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले यस क्षेत्रको औद्योगिक विकासका लागि दैजी औद्यौगिक क्षेत्र विस्तार हुनुपर्ने बताएका छन् । 

बेदकोट नगरका मेयर अशोक कुमार चन्दले यस क्षेत्रको आर्थिक विकास र सम्बृद्धिका लागि दैजी औद्योगिक क्षेत्रको काम अघि बढाउनुका साथै सबै सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नुपर्नेमा जोडदिए । औद्योगिक क्षेत्र विस्तारसंगै यस प्रदेशकै विकासमा बेग्दै पहिचान हुने उनले बताए । ०५२ सालमा घोषणा गरिएको दैज छेला औद्योगिक क्षेत्र विस्तारका लागि पटक पटक स्थानीय स्तरबाट पहल हुँदै आएको छ । सरकारले आउँदो बर्षका लागि समेत बजेट मार्फत सम्बोधन गरेपछि औद्योगिक क्षेत्र संचालन हुने स्थानीयले आश गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले