२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनप्रेम उमाविमा निर्वाचनबाट सर्वोत्कृष्ट गुरु छनोट

२०७२, ७ फाल्गुन शुक्रबार १३:५३

guru chhanneकृष्ण कँडेल/फागुन ७, गलकोट । बागलुङको जनप्रेम उच्च माध्यमिक विद्यालय अमरभुमिका विद्यार्थीहरुले मतदान प्रक्रियाबाट एक बर्षका लागि विद्यालयको सर्वोत्कृष्ट गुरु छनोट गरेका छन् ।

कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने २ सय ६४ विद्यार्थीले मतदान गरेकोमा १ सय १६ मत ल्याएर मावि शिक्षक गोविन्दप्रसाद गौतम विद्यालयको दसौँ सर्वोत्कृष्ट गुरु हुनुभएको छ । उहाँका निकतटम प्रतिद्वन्द्वी भिमकुमारी घर्तीले १ सय ८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तथा अमर उच्चमाध्यमिक विद्यालय बिहुँ स्रोतकेन्द्रका श्रोतव्यक्ति पुर्णप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

सबोत्कृष्ट गुरुका अर्का प्रत्यासी राजुप्रसाद अधिकारीले २० र स्वस्तिका शर्माले १९ मत प्राप्त गर्नुभएको छ । खसेको मतमध्ये एकमत बदर भएको थियो । यो बर्ष सर्बोत्कृष्ट गुरु निर्वाचित हुनुभएका गोविन्दप्रसाद गौतम गलकोट हरिचौरका स्थानियवासिन्दा हुनुहुन्छ । गौतमले विगत दुई दशकदेखि जनप्रेम उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनुभएको छ ।

guru chhanne student

आफुले गरेको मेहतनलाई विद्यार्थीले मुल्याङकन गरेको भन्दै गौतमले सिकाईलाई प्रभावकारी बनाउन आफुमा जिम्मेवारी थपिएको महसुस भएको बताउनुभएको छ । विद्यार्थीलाई बुझाउन सक्ने क्षमता, विद्यार्थीको जिज्ञाषाको उचित सुनुवाई गर्ने, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागीता जनाउने, नियमित विद्यालय आउने, समयको पालना गर्ने, नियमित पोशाक लगाउने आधारमा छनोट समितिले मनोनयन गरेका ४ जना शिक्षकलाई विद्यार्थीले गोप्य मतदान गर्दछन् ।

छनोट समितिमा विद्यालय व्यवस्थापन समितका अध्यक्ष रामबहादुर घर्ती, प्रधानाध्यापक नईन्द्रबहादुर गुरुङ, महिला प्रतिनिधि जमुना विक र सहायक प्रधानाध्यापक टेकबहादुर पुन र बाबुराम पौडेल रहनुभएको थियो । समितिले तोकिएको प्रक्रिया अनुसार मनोनयन गरेका सबोत्कृष्ट गुरुका ४ जना प्रत्यासीको नाम उल्लेख गरिएको मतमत्र तयार गरि मतदानका लागि विद्यार्थीलाई दिने गरिएको छ ।

शिक्षकलाई शिक्षण सिकाईप्रति उत्तरदायी बनाउन २०६२ सालदेखि विद्यालयमा असल गुरु छनोट गर्दै आएको विद्यालयका प्रधानाध्यापक नईन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । विद्यालयले गर्नुपर्ने काम प्रती शिक्षकको सक्रियता बढाउन सुरु गरिएको यो अभियान प्रभावकारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर घर्तीले जानकारी दिनुभयो ।

कार्यक्रमले विद्यार्थीलाई मताधिकारको अभ्यास गर्न समेत सिकाउने प्रधानाध्यपक गुरुङको भनाई छ । शिक्षकले पनि आफु सर्वोत्कृष्ट बन्न शिक्षण सिकाई क्रियाकलाप र आफ्नो अनुसासनमा समेत ध्यान दिने गरेका छन् । मतदान अधिकृत पुर्णप्रसाद ढुङ्गानाले मतदान प्रक्रियाले आफुलाई शिक्षण गर्ने शिक्षकलाई विद्यार्थीले नै मुल्याङ्कन गर्न पाउने भएकाले शिक्षकलाई विद्यार्थीप्रती उत्तरदायि बनाएको बताउनुभयो । उहाँले यो नमुना अभ्यास भएको भन्दै अरु विद्यालयले पनि अनुसरण गर्नसक्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै