१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनप्रेम उमाविमा निर्वाचनबाट सर्वोत्कृष्ट गुरु छनोट

७ फाल्गुन २०७२, शुक्रबार १३:५३

guru chhanneकृष्ण कँडेल/फागुन ७, गलकोट । बागलुङको जनप्रेम उच्च माध्यमिक विद्यालय अमरभुमिका विद्यार्थीहरुले मतदान प्रक्रियाबाट एक बर्षका लागि विद्यालयको सर्वोत्कृष्ट गुरु छनोट गरेका छन् ।

कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने २ सय ६४ विद्यार्थीले मतदान गरेकोमा १ सय १६ मत ल्याएर मावि शिक्षक गोविन्दप्रसाद गौतम विद्यालयको दसौँ सर्वोत्कृष्ट गुरु हुनुभएको छ । उहाँका निकतटम प्रतिद्वन्द्वी भिमकुमारी घर्तीले १ सय ८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तथा अमर उच्चमाध्यमिक विद्यालय बिहुँ स्रोतकेन्द्रका श्रोतव्यक्ति पुर्णप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

सबोत्कृष्ट गुरुका अर्का प्रत्यासी राजुप्रसाद अधिकारीले २० र स्वस्तिका शर्माले १९ मत प्राप्त गर्नुभएको छ । खसेको मतमध्ये एकमत बदर भएको थियो । यो बर्ष सर्बोत्कृष्ट गुरु निर्वाचित हुनुभएका गोविन्दप्रसाद गौतम गलकोट हरिचौरका स्थानियवासिन्दा हुनुहुन्छ । गौतमले विगत दुई दशकदेखि जनप्रेम उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनुभएको छ ।

guru chhanne student

आफुले गरेको मेहतनलाई विद्यार्थीले मुल्याङकन गरेको भन्दै गौतमले सिकाईलाई प्रभावकारी बनाउन आफुमा जिम्मेवारी थपिएको महसुस भएको बताउनुभएको छ । विद्यार्थीलाई बुझाउन सक्ने क्षमता, विद्यार्थीको जिज्ञाषाको उचित सुनुवाई गर्ने, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागीता जनाउने, नियमित विद्यालय आउने, समयको पालना गर्ने, नियमित पोशाक लगाउने आधारमा छनोट समितिले मनोनयन गरेका ४ जना शिक्षकलाई विद्यार्थीले गोप्य मतदान गर्दछन् ।

छनोट समितिमा विद्यालय व्यवस्थापन समितका अध्यक्ष रामबहादुर घर्ती, प्रधानाध्यापक नईन्द्रबहादुर गुरुङ, महिला प्रतिनिधि जमुना विक र सहायक प्रधानाध्यापक टेकबहादुर पुन र बाबुराम पौडेल रहनुभएको थियो । समितिले तोकिएको प्रक्रिया अनुसार मनोनयन गरेका सबोत्कृष्ट गुरुका ४ जना प्रत्यासीको नाम उल्लेख गरिएको मतमत्र तयार गरि मतदानका लागि विद्यार्थीलाई दिने गरिएको छ ।

शिक्षकलाई शिक्षण सिकाईप्रति उत्तरदायी बनाउन २०६२ सालदेखि विद्यालयमा असल गुरु छनोट गर्दै आएको विद्यालयका प्रधानाध्यापक नईन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । विद्यालयले गर्नुपर्ने काम प्रती शिक्षकको सक्रियता बढाउन सुरु गरिएको यो अभियान प्रभावकारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर घर्तीले जानकारी दिनुभयो ।

कार्यक्रमले विद्यार्थीलाई मताधिकारको अभ्यास गर्न समेत सिकाउने प्रधानाध्यपक गुरुङको भनाई छ । शिक्षकले पनि आफु सर्वोत्कृष्ट बन्न शिक्षण सिकाई क्रियाकलाप र आफ्नो अनुसासनमा समेत ध्यान दिने गरेका छन् । मतदान अधिकृत पुर्णप्रसाद ढुङ्गानाले मतदान प्रक्रियाले आफुलाई शिक्षण गर्ने शिक्षकलाई विद्यार्थीले नै मुल्याङ्कन गर्न पाउने भएकाले शिक्षकलाई विद्यार्थीप्रती उत्तरदायि बनाएको बताउनुभयो । उहाँले यो नमुना अभ्यास भएको भन्दै अरु विद्यालयले पनि अनुसरण गर्नसक्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का