2026-09-14 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा : तीन वडा जोड्ने सडक स्तरोन्नति गरिँदै

 जेठ ३२, पोखरा । पोखरा महानगरपालिकाको तीन वडा जोड्ने फुलबारी, भलाम हुँदै बाटुलेचौरसम्मको  सडक स्तरोन्नति गर्न थालिएकोे छ । वडा नं ११ फूलबारीदेखि वडा नं २० को मुख्य केन्द्र भलाम र वडा नं १६ बाटुलेचौर जोड्ने कूल ११ मिलोमिटर सो बाटो प्रदेश सरकारबाट उपलब्ध रु चार करोड ४० लाखको लागतमा स्तरोन्नति भइरहेको बाटो उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर गौतमले जानकारी दिनुभयो ।

पोखरा बजारको वैकल्पिक बाटोको रुपमा लिइएको नालासहित नौ मिटर चौडाइको सो बाटो फराकिलो बनाउने क्रमसँगै हिमपाइप राख्नाका साथै आवश्यकता अनुसार पर्खालसमेत निर्माण गरिएको उहाँको भनाइ थियो ।

तीन दशक अघि ट्र्याक खोलिएको सो बाटोको स्तरोन्नतिसँगै तीन वटै वडाका जनतालाई पोखरा आवतजावतमा सुविधा पुग्ने बताउँदै अध्यक्ष गौतमले निर्माणका क्रममा जग्गा धनीसँग केही विवाद भए पनि आपसी समझदारीका आधारमा  समाधान  खोजिएको बताउनुभयो ।

पोखरा २० का वडाध्यक्ष सिम गुरुङले सो निर्माणाधीन बाटोे निरीक्षण गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले विकास निर्माणमा स्थानीयवासीको रेखदेखले  महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने