२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाईते, दुई गम्भीर

१ असार २०७६, आईतवार ०२:११

असार १, खोटाङ | खोटाङको नुनथलामा ट्याक्टर दुर्घट्ना हुंदा पाँचजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको धौलाङमा ना ४ त ७१५५ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा दुईजना गम्भीर घाईते भएका छन् । गम्भीर हुनेमा चालक र सह चालक छन् ।

दिक्तेलको मुढेबाट धौलाङमा ढुंगा लिन जादै गरेको खाली ट्याक्टर शनिबार साँझ ६:२० वजे दिक्तेल–हलेसी सडकखण्डको सडकबाट अन्दाजी ६ सय मिटर तल खसेर दुर्घट्ना भएको हो । दुर्घटनामा चालक जालपाका २२ वर्षीय सर्वण श्रेष्ठ र सह चालक रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका अन्दाजी १६ वर्षीय चुलेन्द्र विसंखे गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए ।

यस्तै, दुर्घट्नामा बुइपाकी अन्दाजी १८ वर्षीय शर्मिला परियार, १७ वर्षीय अशोक परियार र सोही ठाउँ बुईपा छापगाउँका अन्दाजी २० वर्षीय सरिता राई घाईते भएका छन् । चालक श्रेष्ठको कम्मरमुनीको भाग नचल्ने तथा सह चालक विसंखेको शरीरको विभिन्न भागमा चोट लागेको छ । 

शर्मिलाको निधार र कानमा गम्भीर चोट लागेको छ । सरीताको खुट्टामा चोट लागेको तथा अशोक सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु सवैको स्वास्थ्य चौकी नुनथलामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याईएको छ । दुर्घट्नाका कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य