2026-09-14 12:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्माबजारमा पानीको हाहाकार

असार २, पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन् ।

बजारवासी बिहान सबैरै छिमेकीका घर–घरमा पानीको खोजीमा धाउन बाध्य भएका छन् भने बजार नजिकै रहेका इनार, खोल्सा र खोलामा जान बाध्य भएका छन् ।  कुश्मा नगरपालिका–५ बडागाउँको मेलमिलाप चोकमा बस्दै आउनुभएका शिक्षक दुर्गा भुसालले पानीको अभावकै कारण पोशाक धुन नपाउँदा विद्यालय जान नै समस्या भएको बताउनुभयो । अर्का स्थानीयवासी शालिग्राम पौडेलका अनुसार धारामा नियमित पानी नआउँदा खानेपानीको सङ्कट परेको बताउनुभयो । उहाँले दैनिकजसो जार र बोत्तलको पानी किनेर खानुपरेको गुनासो गर्नुभयो ।

दिनको एकपटकसम्म पनि धारामा पानी नआउँदा सदरमुकामबाट झण्डै आधा घण्टा टाढा रहेको दोबिल्लाबाट सवारीमा पानी ओसार्नुपरेको होटल व्यवसायीको गुनासो छ । पानीको अभावकै कारण भाँडा सफा गर्न नपाउँदा होटल नै बन्द गर्नुपर्ने स्थिति आएको होटल सञ्चालक सुशीला कुँवरले बताउनुभयो ।

बिहान र बेलुकाको दैनिकी भनेकै पानीको भिक्षा माग्दै हिँड्नुजस्तै भएको भन्दै स्थानीयवासीले कुश्मामा पानी वितरण गर्दै आएको कुश्मा खानेपानी कार्यालयप्रति आक्रोश पोखेका छन् । 

कुश्मा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका उपाध्यक्ष रमाकान्त शर्माले अत्यधिक गर्मी हुँदा पानीका मुहान सुक्नु, पानीको मुख्य मुहान रहेको ठाउँ कुश्मा नगरपालिका–२ खुर्कोटमा धान रोपाइँ शुरु हुनु र बजारका कतिपय ठाउँमा पानीको लिकेज रहेका कारण पानी अभाव भएको जानकारी दिनुभयो । 

कुश्मा बजारमा एक दिनमा झन्डै २५ लाख लिटर पानीको खपत हुने गरेकामा अहिले बढीमा १५ लाख लिटर मात्र आपूर्ति भइरहेको छ । आपूर्ति भएकोमध्ये पनि झन्डै ३० प्रतिशत पानी पाइप फुट्नुलगायतका कारण बीचमै लिक हुने गरेको कार्यालयले जनाएको छ ।  

मध्यमोदीकोे सुरुङ निर्माणकार्य एक महीनादेखि ठप्प 

पर्वतको मोदी गाउँपालिकामा निर्माणाधीन १४.५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माणकार्य चार सातादेखि ठप्प छ । चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको सुरुङ निर्माणकार्यमा स्थानीयवासीले अवरोध गरेपछि जेठ ८ गतेदेखि निर्माणकार्य रोकिएको हो । 

सुरुङ निर्माणका क्रममा बम विष्फोटन गर्दा घर संरचनामा क्षति पुगेको भन्दै उचित क्षतिपूर्ति मागेर स्थानीयवासीले सुरुङ निर्माणकार्यमा अवरोध पु¥याउँदै आएका छन् ।  आयोजना र प्रभावित क्षेत्रका बासिन्दाका बीचमा सुरुङबाहेकका संरचना बनाउने कुरामा भने सहमति कायम भएपछि जेठ १९ पछि विद्युतगृहलगायतका संरचना बनाउने काम भने भइरहेको छ ।

आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेकाले पुनःनिर्माण तथा क्षतिपूर्तिको माग स्थानीयवासीले राख्दै आएका छन् ।  स्थानीयवासीका घरमा पुगेको क्षति भूगर्भविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकममा पुनःमूल्याङ्कन गर्नुपर्ने वडाध्यक्ष विकास तिमिल्सिनाले बताउनुभयो । प्रभावित क्षेत्रका बासिन्दाले प्राविधिक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका छन् । पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ५०० मिटरभन्दा बढी सुरुङ निर्माणकार्य सकिएको छ । स्थानीयवासीको पटक–पटकको अवरोधले गएको मङ्सिरपछि निर्माणकार्य अघि बढ्न सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने