२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बिजुली नहुदा सल्ले झरो बालेरै जीवन गुजारी राखेका छन् सल्लेनाका जनता

२ असार २०७६, सोमबार ०९:१७

असार २, बाजुरा (रासस) | बडिमालिका नगरपालिका–१ सल्लेनाका स्थानीय बिजुली बत्ती नहुँदा अझै सल्लोको झरो बाल्न बाध्य भएका छन् । सदरमुकाम मार्तडी आसपासका सबै क्षेत्रमा बिजुली बत्ती बलेको दशक भइसक्यो तर, सल्लेना भने अझै अँध्यारो नै रहेको शिक्षक नरबहादुर कार्कीले बताउनुभयो । 
नेपाल सरकारको आव.०७१-७२ को नीति तथा कार्यक्रममा ‘उज्यालो नेपाल, समृद्ध नेपाल’अभियान शुरु भएको पाँचवर्ष बितिसकेको छ । जिल्लामा २०४६ सालमा बाजुरा साना जलविद्युत् केन्द्र स्थापना भए पनि सदरमुकाम मार्तडी नजिकै रहेको सल्लेना गाउँका १०७ परिवार अझैँ झरो बाल्ने युगमा रहेका छन् । 
मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भएर व्यवस्था फेरिए पनि सल्लेनावासीको घरमा भने अझै उज्यालो पुग्न कुन व्यवस्था कुर्नुपर्ने र आउनुपर्ने हो पत्तो छैन । “हामीहरू प्रतिक्षामा छौँ, बेलाबेला स्थानीय प्रशासनसँग विद्युत् विस्तारका लागि पहल गर्दा पोल विस्तार गर्न ठेक्का पाएको ठेकेदारले पनि लाइन विस्तार पूरा नै नगरी भुक्तानी लिएको देखिन्छ । यो कस्तो व्यवस्था हो कामै नगरी भुक्तानी दिने”,सल्लेनाका हर्क कार्कीको आक्रोश व्यक्त गर्दै भन्नुभयो, “विभिन्न निकायसँग समयसमयमा आग्रह गर्दा पनि माग सुनुवाइ नहुँदा जिल्ला प्रशासन कार्यालय पुग्न बाध्य भएका हौँ”आइतबार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ । 
नागरिकको शान्ति, सुरक्षा र आधारभूत आवश्यकताको अभिभावक प्रमुख जिल्ला अधिकारीमार्फत उज्यालो देख्ने सपना साकार हुने अपेक्षा गर्दै विश्व समुदाय अन्तरिक्षमा पुगिसक्दा पनि आफूहरूलाई छोराछोरी पढाउन र झरो बाल्ने युगबाट छुटकारा पाउन विद्युत् व्यवस्था गरिदिन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।
बडिमालिका नगरपालिका र नेपाल विद्युत् प्राधिकरण शाखा बाजुरालाई बोधार्थ रहेको ध्यानाकर्षण–पत्रमा आश्वासनभन्दा पनि यथाशीघ्र सल्लेनावासीले बिजुली बाल्न पाउने अधिकारको सुनिश्चित गराउनुपर्ने माग गरिएको छ । तत्काल व्यवस्था नगरिए सल्लाको झरो बालेर गुजारा चलाइरहेका आफुहरु विद्रोहको ज्वाला (राँको) बनाउन नपरोस् भन्दै ध्यानाकर्षण–पत्र प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेलाई बुझाइएको छ । 
प्रमुख जिल्ला अधिकारी न्यौपानेले तत्काल समस्या समाधानका लागि बडिमालिका नगरपालिका र नेपाल विद्युत् प्राधिकरण शाखासँग पहल गर्ने आश्वासन दिनुभएको छ । ध्यानाकर्षण–पत्र बुझाउन सल्लेनाका करीब ५० बढी स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य