2026-09-13 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बिजुली नहुदा सल्ले झरो बालेरै जीवन गुजारी राखेका छन् सल्लेनाका जनता

असार २, बाजुरा (रासस) | बडिमालिका नगरपालिका–१ सल्लेनाका स्थानीय बिजुली बत्ती नहुँदा अझै सल्लोको झरो बाल्न बाध्य भएका छन् । सदरमुकाम मार्तडी आसपासका सबै क्षेत्रमा बिजुली बत्ती बलेको दशक भइसक्यो तर, सल्लेना भने अझै अँध्यारो नै रहेको शिक्षक नरबहादुर कार्कीले बताउनुभयो । 
नेपाल सरकारको आव.०७१-७२ को नीति तथा कार्यक्रममा ‘उज्यालो नेपाल, समृद्ध नेपाल’अभियान शुरु भएको पाँचवर्ष बितिसकेको छ । जिल्लामा २०४६ सालमा बाजुरा साना जलविद्युत् केन्द्र स्थापना भए पनि सदरमुकाम मार्तडी नजिकै रहेको सल्लेना गाउँका १०७ परिवार अझैँ झरो बाल्ने युगमा रहेका छन् । 
मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भएर व्यवस्था फेरिए पनि सल्लेनावासीको घरमा भने अझै उज्यालो पुग्न कुन व्यवस्था कुर्नुपर्ने र आउनुपर्ने हो पत्तो छैन । “हामीहरू प्रतिक्षामा छौँ, बेलाबेला स्थानीय प्रशासनसँग विद्युत् विस्तारका लागि पहल गर्दा पोल विस्तार गर्न ठेक्का पाएको ठेकेदारले पनि लाइन विस्तार पूरा नै नगरी भुक्तानी लिएको देखिन्छ । यो कस्तो व्यवस्था हो कामै नगरी भुक्तानी दिने”,सल्लेनाका हर्क कार्कीको आक्रोश व्यक्त गर्दै भन्नुभयो, “विभिन्न निकायसँग समयसमयमा आग्रह गर्दा पनि माग सुनुवाइ नहुँदा जिल्ला प्रशासन कार्यालय पुग्न बाध्य भएका हौँ”आइतबार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ । 
नागरिकको शान्ति, सुरक्षा र आधारभूत आवश्यकताको अभिभावक प्रमुख जिल्ला अधिकारीमार्फत उज्यालो देख्ने सपना साकार हुने अपेक्षा गर्दै विश्व समुदाय अन्तरिक्षमा पुगिसक्दा पनि आफूहरूलाई छोराछोरी पढाउन र झरो बाल्ने युगबाट छुटकारा पाउन विद्युत् व्यवस्था गरिदिन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।
बडिमालिका नगरपालिका र नेपाल विद्युत् प्राधिकरण शाखा बाजुरालाई बोधार्थ रहेको ध्यानाकर्षण–पत्रमा आश्वासनभन्दा पनि यथाशीघ्र सल्लेनावासीले बिजुली बाल्न पाउने अधिकारको सुनिश्चित गराउनुपर्ने माग गरिएको छ । तत्काल व्यवस्था नगरिए सल्लाको झरो बालेर गुजारा चलाइरहेका आफुहरु विद्रोहको ज्वाला (राँको) बनाउन नपरोस् भन्दै ध्यानाकर्षण–पत्र प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेलाई बुझाइएको छ । 
प्रमुख जिल्ला अधिकारी न्यौपानेले तत्काल समस्या समाधानका लागि बडिमालिका नगरपालिका र नेपाल विद्युत् प्राधिकरण शाखासँग पहल गर्ने आश्वासन दिनुभएको छ । ध्यानाकर्षण–पत्र बुझाउन सल्लेनाका करीब ५० बढी स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले