२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी

२०७६, ४ असार बुधबार ०८:२३

असार ४, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाउनुभयो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई विकेट तथा कविता जोशीले एक विकेट लिनुभएको थियो । गण्डकीका तीन खेलाडी रन आउट भएका थिए ।

लक्ष्य पूरा गर्न ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाउनुभएको थियो । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिनुभएको थियो । खेलको म्यान अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो ।

भीमदत्तनगरमा प्रधानमन्त्री कप क्रिकेट शुरु

कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्तनगरस्थित क्रिकेट मैदानमा आयोजित उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले खेलकूदको विकासका लागि प्रदेश सरकारले खेलकूद प्रशिक्षण केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । 

“प्रदेश सरकारले खेलाडी कल्याण कोषको स्थापना गर्नाका साथै प्रदेश सरकारले रु ३० करोड रकमसमेत विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “खेलकूदको विकासका निम्ति प्रदेश सरकार सदैव तयार छ ।” राष्ट्रिय खेलकूद परिषद्को सहकार्य तथा स्थानीय महाकाली स्पोर्ट सोसाइटीको व्यवस्थापनमा शुरु भएको प्रतियोगिता यही असार ११ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच भइरहेको छ । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी दोस्रो हुने टोलीले रु तीन लाख र ट्रफी तथा तेस्रो हुने टोलीले रु दुई लाख प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी