२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तीनजना महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन

२०७६, ५ असार बिहीबार ०५:१७

केदार मगर | असार ५, खोटाङ | तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो ।

 विसं २०७३ माघ २६ गते बुधबार बिहान खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ मृत फेला परेकी थिइन् भने २०७४ जेठ १६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साउन ४ गते जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्मालाई हत्या गरिएको अवस्थामा फेला पारिएको थियो । घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि दोषी पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ ।

 सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीताको शव कुसेऔँशी जङ्गलको बाटोभन्दा करीब ४० मिटर तल भिरमा भेटिएको थियो । घटनास्थलमा झारपात मडारिएको, शव घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।

 यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा इलाका प्रहरी कार्यालय हलेसीभन्दा करीब पाँच मिनेटको पैदल दूरीमा ज्ञानीमायाको हत्या भएको थियो । माइतीघर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करीब ५०० मिटर तल कम्मरमुनि कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको थियो । 

तीन महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर हत्यारालाई कानूनी कठघरामा ल्याउन प्रहरीलाई दवाब दिइरहेका छन् । जिल्लास्थित क्रियाशील महिला अधिकारकर्मीले पटक–पटक जिल्ला प्रहरी कार्यालय खोटाङमा पुगेर घटनाको विषयमा जानकारी मागिरहेका छन् । 

शृङ्खलाबद्ध हत्या प्रकरणका दोषी पत्ता नलागेको बारेमा गत भदौ १ गते गृहमन्त्री रामबहादुर थापालाई भेटेर जानकारीसमेत गराइएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष देवान किराती ‘पृथ्वी’को नेतृत्वमा गएको टोलीले गृहमन्त्री थापालाई उहाँको निवासमा भेटेर तत्काल हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गरेको थियो ।  

खोटाङे नेताहरुको टोलीसँगको भेटमा गृहमन्त्री थापाले आफू उक्त घटनाप्रति गम्भीर रहेको बताउनुभएको थियो । उहाँले चाँडै नै परिणाम आउने गरी आफूले कारवाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनु भए पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । यसबीचमा जिल्ला प्रहरी कार्यालय खोटाङमा चार प्रहरी प्रमुख फेरिए । प्रहरी नायव उपरीक्षक (प्रनाउ) नवीनकिशोर प्रधान, लोकदर्शन थापा र राजकुमार केसी सरुवा भएर अन्यत्र गइसक्नुभएको छ भने अहिले प्रनाउ वामदेव गौतम आएर प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । 

तीन महिला हत्या प्रकरणका बारेमा आफू प्रहरी प्रमुख भएर खोटाङ आउनासाथ अनुसन्धान थालेको प्रनाउ गौतमले बताउनुभयो । “अहिले फाइल अध्ययन गरेर घटनाको बारेमा बुझ्ने काम गरिरहेको छु”,उहाँले भन्नुभयो, “तत्काल दोषी पत्ता नलागे पनि उम्कनेवाला छैन, पुरानो घटना भएकाले केही समय लाग्न सक्छ ।”

 जिल्लामा सरुवा भएर आउने सबै प्रहरी प्रमुखलाई घटनाबारे जानकारी गराइएको महिला अधिकारकर्मी एवं पूर्वसभासद् दुर्गाजयन्ती राईले बताउनुभयो । “हामीले सबै सुरक्षा प्रमुखलाई घटनाका बारेमा जानकारी गराएका छौँ”,उहाँले भन्नुभयो, “अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीमाथि नै आशङ्का गर्नुपर्ने अवस्था आएको छ ।”घटनाका दोषी पत्ता नलागेपछि मृतकका आफन्त प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले प्रहरीमाथि नै अनुसन्धान थाल्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण